पाठेघरको मुखको क्यान्सर हुनै नदिन के गर्ने ? | Khabarhub Khabarhub

पाठेघरको मुखको क्यान्सर हुनै नदिन के गर्ने ?


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय महिलामा प्रजनन समस्या बढ्दै गइरहेका छन्। पहिलाको तुलनामा पछिल्लो समय महिलाले समयमा नै रोगको पहिचान गरेको कारणले पनि यो बढी देखिएको विज्ञ बताउँछन्। महिला प्रजनन स्वास्थ्यमा महिनावारी सुक्नेलगायत अन्य समस्या पनि उत्तिकै मात्रामा बढेका छन्। महिनावारी गडबडी हुने अर्थात् धेरै रगत बग्ने समस्याले पनि पछिल्लो समय धेरै महिलालाई सताएको छ। त्यसैले महिला प्रजनन स्वास्थ्यमा के कस्ता समस्या देखा परेका छन् ? महिलामा पाठेघरको मुखको क्यान्सर प्रमुख समस्याका रूपमा देखिन्छ, यसको अवस्था किन बढिरहेको छ ? यसै विषयमा आधारित रहेर महिला तथा प्रजनन रोग विशेषज्ञ डा. गिसुप प्रसाईंसँग खबरहबका लागि गरिएको कुराकानीको सम्पादित अंशः

नेपालमा पछिल्लो समय महिलामा पाठेघरको मुखको क्यान्सर बढ्नुको कारण के हो ?
नेपाल विश्वका अन्य देशको तुलनामा विकासोन्मुख देश हो। महिलामा पाठेघरको मुखको क्यान्सर बढिरहेको छ। महिलाको पाठेघरको मुखको क्यान्सर अन्य धनी राष्ट्रमा भने घट्दै गएको छ। हाम्रोमा खानपान जीवनशैलीको कारणले पनि यो समस्या बढेको पाइन्छ। हामीले सुरुको अवस्थामा स्क्रिनिङ टेस्ट गर्याै भने पनि पहिलाकै अवस्थामा जाँच गर्न सक्छौँ। यसका लक्षण छिटो देखिने भएकाले सुरुको अवस्थामा नै उपचार गरियो भने चाँडो र पूर्ण रूपमा निको हुन्छ।

यसका लक्षण के के हुन् ?
महिलामा पाठेघरको मुखको क्यान्सर भए पनि सबै भन्दा पहिला देखिने लक्षण भनेको सेतो गन्धसहितको पानी आउनु हो। पछि विस्तारै अन्य लक्षण देखिँदै जान्छन्। जसमा यौन सम्पर्क गर्दा रगत देखिनु, योनीबाट अनियमित रगत बग्नु, तल्लो पेट दुखिरहनु, दिसापिसाब गर्दा अप्ठ्यारो हुनु, ढाड दुख्ने, बढी थकाइ लाग्ने, तौल घट्दै जाने जस्ता लक्षण देखिँदै जान्छन्।

महिलामा पाठेघरको मुखको क्यान्सर के कारणले हुन्छ ?
पाठेघरको मुखको क्यान्सर हुने भनेको ह्युमन प्यापिलोमा भाइरसको कारणले नै हो। यो समस्या जसको धेरै जनासँग असुरक्षित यौन सम्पर्क हुन्छ उनीहरुमा बढी हुन्छ। कम उमेरमा विवाह गर्ने र धेरै बच्चा हुनेले पनि ध्यान नदिँदा यो समस्या भएको छ। अन्य कारणमा पटकपटक गर्भपतन गराउनु, धूम्रपान गर्नु, कुपोषण भएका महिला, एचआईभी सङ्क्रमण भएका महिलामा यस्तो क्यान्सर हुने गरेको पाइएको छ।

पाठेघरको मुखमा क्यान्सर भएर उपचार गराइरहेकाले ध्यान दिनुपर्ने कुराहरू के छन् त ?
दैनिक रूपमा खानेकुराान ध्यान दिनुपर्छ। छालामा इन्फेक्सन हुन दिनु हुँदैन। धेरै तातो पानी खानु भएन। धेरै चिल्लो नखाने, सरसफाइमा ध्यान दिने, शारीरिक सम्बन्ध राख्दा सुरक्षित राख्ने, एक पटक क्यान्सर भएपछि त्यो पछिपछि अर्को ठाउँमा दोहोरिने चान्स धेरै हुन्छ। त्यसैले लागेपछि उपचार भन्दा सुरुको अवस्थामा वा रोग लाग्नै नदिनु उत्तम मानिन्छ।

यो समस्यालाई रोक्ने उपाय के के हुन सक्छन् ?
यो पाठेघरको क्यान्सरसँगै हामीले अरू ३३ प्रतिशत क्यान्सरलाई रोक्न सक्छौँ। पाठेघरको मुखको क्यान्सरको कुरामा खानपानदेखि लिएर यौन सम्पर्क र धेरै बच्चा जन्माउँदा हुने असरका बारेमा हामीले जनमानसलाई जानकारी दिनु जरुरी छ। हामीले नेपालका विभिन्न विकट ठाउँमा पनि जनचेतना पुर्याउन सक्यौँ भने सहज हुन्छ। रोग पहिचान गर्न सजिलो होस् भनेर पनि जनचेतनाको आवश्यकता पर्छ। ३० वर्षमाथिका सबै महिलाले नियमित पाठेघरको मुखको परीक्षण गराउनु पर्दछ। महिलाले स्क्रिनिङ टेस्ट गर्न सकिन्छ। दैनिक व्यायममा ध्यान दिँदा पनि यसलाई कम गर्न सकिन्छ।

यस्तो समस्या नहोस् भनेर के के कुरामा ध्यान दिने ?
यसको लागि महिला आफै सचेत हुनुपर्छ। जसका लागि धेरै जनासँगको सम्पर्कमा नआउने, सानो उमेरमा विवाह गरेर धेरै बच्चा नजन्माउने, आफ्नो शारीरिक अंगलाई नियमित रूपमा सफा गर्ने, उचित व्यायाम गर्ने, सरकारले उपलब्ध गराएका भ्याक्सिन समयमा लिने, स्क्रिनिङ टेस्ट पनि गर्ने गर्न सकिन्छ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ७ : ०१ बजे

उत्पीडित जनता अझै अधिकारको पर्खाइमा छन् : प्रचण्ड

भजनी– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम 

लुम्बिनी– बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या

आजका समाचार : सांसदलाई एमाले-कांग्रेसको ह्विप, अड्कियो भूमिसम्बन्धी अध्यादेश र युक्रेनको सैन्य सहयोग रोक्दै ट्रम्प

अध्यादेश पेश हुने भएपछि सांसदहरूलाई एमालेको पनि ह्विपप्रमुख सत्तारूढ नेकपा

फेवातालमा फसेका तीन जनाको सकुशल उद्धार 

पोखरा– सशस्त्र प्रहरीले कास्की जिल्लाको पोखरा महानगरपालिका–६ बाट हावाहुरीमा फसेका

राष्ट्रिय खेलकुदको मिति पर सार्न मिल्दैन : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद