प्रतिनिधिसभा बैठक बस्दै, विश्वविद्यालय विधेयक टेबल गर्ने कार्यसूची « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, विश्वविद्यालय विधेयक टेबल गर्ने कार्यसूची


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बस्ने गरी बोलाइएको छ । हिजो दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर आजका लागि सारिएको हो ।

हिजो दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद सुचारु गर्ने विषयमा सहमतिको प्रयास भइरहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले दिउँसो ३ बजेका लागि सारेका थिए । तर अन्तिम समयमा आएर सो बैठक स्थगित गरिएको थियो ।

प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई लिएर एमालेले गत बुधबारदेखि संसद बैठक अवरुद्ध गर्दै आएका कारण आज पनि संसद बैठक सञ्चालन हुनेमा आशंका रहेको छ ।

आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक– २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबल गरिने कार्यसूची रहेको छ । सो विधेयक सोमबार बसेको राष्ट्रियसभा बैठकले बहुमतले पारित गरेको थियो ।

यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बैठकमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८० माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ७ : ०१ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको