इमर्जिङ टिम्स एसिया कपमा सहभागि हुने नेपाली टोलीकाे बिदाइ « Khabarhub

इमर्जिङ टिम्स एसिया कपमा सहभागि हुने नेपाली टोलीकाे बिदाइ


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जुलाई १३ देखि श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपमा सहभागिता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टीमको बिदाइ गरिएको छ ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा खेलकुदमन्त्री डिग बहादुर लिम्बु लगायत क्यानका पदाधिकारीले नेपाली टोलीलाई बिदाइ गरेका हुन् ।

प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ । नेपालको समूहमा युएई, पाकिस्तान ए र भारत ए छन्।

त्यस्तै समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन् । बिदाइ कार्यक्रममा राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले इमर्जिङ कपलाई निकै महत्वका साथ हेरेको भन्दै जीतको लक्ष्यका साथ खेल्ने बताए। उनले खेलाडीहरूलाई सरकारले आवश्यक सहयोग गर्नुपर्ने र फुटबलमा भएजस्तो खेलाडी पलायनलाई रोक्नुपर्नेमा जोड दिए।

त्यस्तै राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले पछिल्लो समय नेपाली टिमले धेरै अनुभव हासिल गरेको र इमर्जिङ कपमा राम्रो नजिता निकाल्ने बताए ।

नेपालले १४ जुलाईमा पहिलो खेल पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेलमा १७ जुलाईमा भारत ए को सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ ।

२१ जुलाईमा प्रतियोगिताको सेमिफाइनल खेल रहेको छ । फाइनल २२ जुलाईमा हुने तय भएको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ११ : ५७ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका