मुगुमा हेलिकप्टरबाट दुई सुत्केरीको उद्धार « Khabarhub

मुगुमा हेलिकप्टरबाट दुई सुत्केरीको उद्धार


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुमा सोमबार हेलिकप्टरमार्फत एकै पटक दुई जना सुत्केरी महिलाको उद्धार गरिएको छ । छायाँनाथ रारा नगरपालिका २ कि कल्पना बुढा र वडा नं १० कि अमृता बुढाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

दुवै सुत्केरी महिला र बच्चाको ज्यान जोखिममा रहेको हुँदा जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत् उनीहरुलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको जिल्ला अस्पताल मुगुका कार्यालय प्रमुख डा. कमल ढुंगानाले बताए ।

उनका अनुसार एक जना सुत्केरी महिलाको बच्चा तेर्सो परेको र अर्को सुत्केरी महिलाको शिशुको टाउको ठूलो भएकाले जोखिम रहेको छ ।

मुगुको स्थानीय प्रशासन र अन्य सरोकारवाला निकायको समन्वयमा उनीहरुलाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मोहन थापाले बताए ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ३ : ४६ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप