वैदशिक रोजगारमा गएका कामदारलाई प्रयोग गर्दै कतारबाट सुन तस्करी गर्ने गिरोह सार्वजनिक « Khabarhub

वैदशिक रोजगारमा गएका कामदारलाई प्रयोग गर्दै कतारबाट सुन तस्करी गर्ने गिरोह सार्वजनिक


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले वैदशिक रोजगारमा गएका कामदारलाई प्रयोग गर्दै गैरकानूनी रुपमा कतारबाट सुन ल्याउने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयले सोमबार पत्रकार सम्मेलन गर्दै केही रकम र होटल खर्च दिएर वैदशिक रोजगार फर्कने कामदारलाई प्रयोग गरेर कतारबाट सुन ल्याउने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीका विनोदकुमार साह र उनकी श्रीमती सन्जुकुमारी साह, धनुषाका सुनिलकमार महरा, सिराहाका दिनेशकुमार यादव, कपिलवस्तुका सन्तुगुलाम मुराउ, धनुषाका नेशर पंजियार, बाँकेका भुमबहादुर वली रहेका छन् ।

त्यस्तै, प्रहरीले दुर्गाप्रसाद यादव, देवानन्द साह, शिवसुन्दर राउत, मोहनकुमार यादव र निमाई साहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये विनोदकुमार साह र उनकी श्रीमतीले सिनामंगलमा होटल सञ्चालन गरेको र सुन संकलन गर्ने काम गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयका प्रमुख एसएसपी मनोज केसीले जानकारी दिए ।

सुन किन्ने, पैसा कतारमा व्यवस्थापन गर्ने काम शिवसुन्दर राउत गर्दै आएको उनले बताए । वैदशिक रोजगारबाट स्वदेश फर्कदा कामदारलाई प्रयोग गरेर ५० ग्रामका दरले सुन ल्याउन लगाउने र त्यसबापत केहि रकम दिने अनुसन्धानबाट खुलेको एसएसपी केसीले बताए ।

उक्त समूहले गएको चार बर्षमा मात्रै २ अर्ब ३७ करोड रुपैयाँ बढीको सुन तस्करी गरेको अनुसन्धानबाट देखिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यस विषयमा विभिन्न कोणबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ५ : १२ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने