सवारी चोरी गर्ने ३६ कारबाहीमा, चोरिएका पाँच सय गाडी धनीलाई फिर्ता | Khabarhub Khabarhub

सवारी चोरी गर्ने ३६ कारबाहीमा, चोरिएका पाँच सय गाडी धनीलाई फिर्ता


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


867
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले चालु आर्थिक वर्षमा उपत्यकाका विभिन्न क्षेत्रबाट चोरिएको पाँच सय सवारी साधान फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको छ । यसरी सवारी साधान चोरीमा संलगन रहेको ३६ जनालाई कारबाही गरेको छ ।

कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले आज मात्रै विभिन्न क्षेत्रबाट २१ वटा दुई पाङ्ग्रे सवारी साधन खोजी गरी धनीलाई हस्तान्तरण गरिएको जानकारी दिए । उनले १२ वटा मोटरसाइकल र नौ वटा स्कुटर धनीलाई हस्तान्तरण गरिएको बताए ।

अवैध रुपमा नेपाल भित्रिएका ९५ वटा सवारी साधन भन्सार कार्यालयमा बुझाइएको र एउटा मोटरसाइकललाई थप अनुसन्धानको लागि यातायात व्यवस्था कार्यालय पठाइएको भट्टले बताए । चालु आवमै चोरीका २ पाङ्ग्रे ३२ सवारी साधनसहित चोरीमा संलग्न ३६ व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

हराएका सवारी साधन खोज तलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए पनि स्वयं सवारी धनी पनि विशेष चनाखोका साथै सजग हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनी सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न प्रहरीले अनुरोध गरेको छ । आफ्नो सवारीको ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपाय अबलम्वन गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

यस्तै प्रहरीले मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न पनि अनुरोध गरेको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ६ : ३९ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।