११ वर्षपछि इरानी राष्ट्रपति अफ्रिकाको भ्रमणमा | Khabarhub Khabarhub

११ वर्षपछि इरानी राष्ट्रपति अफ्रिकाको भ्रमणमा


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानका राष्ट्रपति इब्राहिम रायसी इस्लामिक गणतन्त्रको एक्लोपनलाई कम गर्ने नवीनतम कूटनीतिक प्रयासस्वरुप मङ्गलबार अफ्रिकाको भ्रमणमा निस्कने भएका छन् ।

केन्या, युगान्डा र जिम्बाब्वेको यो तीन दिने भ्रमणलाई कूटनीतिक विश्लेषकहरूले दुर्लभ भनेका छन् । एघार वर्षपछि इरानी राष्ट्रपतिको यो पहिलो अफ्रिका भ्रमण हो ।

रायसीले इरानका विदेशमन्त्री र वरिष्ठ व्यवसायीहरू सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । उनले तीनवटै देशका राष्ट्रपतिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सरकारी समाचार संस्था इर्नाले जनाएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले राष्ट्रपतिको यो भ्रमणलाई ‘नयाँ मोड’का रूपमा वर्णन गर्दै त्यसले अफ्रिकी राष्ट्रहरूसँग आर्थिक र व्यापारिक सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

इरानले हालैका महिनामा आफू एकाकी नरहेको सन्देश अन्तरराष्ट्रिय सुमदायलाई दिन तथा अमेरिकी नाकाबन्दी, आणविक सम्झौताको असफलतालगायत विषयको प्रभावबारे जानकारी दिने उद्देशयले कूटनीति गतिविधि बढाएको छ ।

शनिबार राष्ट्रपति राईसीले अल्जेरियाका विदेशमन्त्री अहमद अत्ताफलाई अल्जियर्ससँगको सम्बन्ध बढाउने सम्बन्धमा सघन संवाद गरेका थिए ।

गत सातादेखि इस्लामिक गणतन्त्र इरान रुस, चीन र भारत सम्मिलित साङ्घाई सहयोग सङ्गठनको सदस्य बनेको छ ।

गत मार्चमा इरानले चीनको मध्यस्थतामा भएको सम्झौताअन्तर्गत आफ्नो क्षेत्रीय प्रतिद्वन्द्वी साउदी अरबसँग सम्बन्ध पुनः स्थापित गर्न सहमत थियो । त्यसयता इरानले इजिप्ट र मोरक्कोलगायत अन्य देशहरूसँग पनि सम्बन्ध पुनः स्थापना गर्न खोजिरहेको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ६ : ५५ बजे

भिजिट भिसा प्रकरण छानबिनबारे कांग्रेसलाई रास्वपाको पाँच बुँदे प्रस्ताव

काठमाडौं- संघीय संसद्को प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट

७२ जिल्लामा फैलियो डेङ्गी

काठमाडौं– मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि

सिटामोलका तीन पोस्टर : तानवमा सौगात, बेनिशा ग्रामिण महिला

काठमाडौं – साउन २३ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘सिटामोल’को

लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली

म्याग्दी– धवलागिरि गाउँपालिका–२ लुलाङमा केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छ

राष्ट्रियसभाबाट पानी जहाज विधेयक, २०८१ पारित

काठमाडौं– राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भएको