गण्डकी र आर्मीबीचको खेल तनावपूर्ण « Khabarhub

गण्डकी र आर्मीबीचको खेल तनावपूर्ण


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानीमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

सोमबार भएको तनावपूर्ण खेलमा आमीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा भएको खेलमा आर्मी २५–१९, २६–२४ र ३३–३१ ले विजयी भएको थियो । तेस्रो सेटमा आर्मी २३–२४ को अवस्थामा गण्डकीका खेलाडीले प्रहार गरेको स्पाइक आउट भएको भन्दै २४–२४ को बराबरी भएको थियो । तर गण्डकीका खेलाडी ब्लकको समयमा आर्मीका खेलाडीलाई लागेर गएको भन्दै बिबाद सुरु भएको थियो । विवादकाबीच समर्थकले बोतल प्रहार गरेपछि आर्मीका समर्थक तथा खेलाडीहरु पनि दर्शकदिर्घामा नै पुगेको थियो । लामो विवादपछि प्रहरीको हस्तक्षेपमा विवाद साम्य भएको थियो ।

त्यस्तै सोमबार नै भएको अर्को खेलमा हेल्प नेपालले दावाली मिलन क्लबमाथि सोझो सोटमा जित हासिल गरेको छ । हेल्प नेपालले दावाली मिलन क्लबमाथि २५–१७, २५–२२ र २५–२१ को सेटमा जित हात पारेको हो ।

त्यस्तै महिलातर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० ले पराजित गर्दै थप ३ अंक जोडेको छ । पुलिसले एक तर्फी खेलमा आर्मीलाई २५–१८, २५–१२, २५–१८ ले पराजित गरेको हो ।

सोमाबार नै एको प्रतियोगिताको महिलातर्फको अर्को खेलमा एपिएफले गण्डकी प्रदेश भलिबल क्लबलाई २५–१२, २५–८, २५–८ को सोझो सेटमा पराजित गरेको छ । यस्तै सोमबार नै सम्पन्न महिला तर्फको अर्को खेलमा होङ्गवान्जी न्यु डायमन्ड क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । डायमन्डले २५–१७, २५–१२, २५–१२ को जित निकालेको हो ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ७ : २९ बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५