बुटवलमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ « Khabarhub

बुटवलमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले विभिन्न समयमा समूह बनाएर मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका १९ वर्षीय तरुन राना, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रामग्राम नपा–१४ का ४३ वर्षीय सुनिलकुमार चौधरी, रामग्राम–१६ का २० वर्षीय करन थारु, गुल्मी घर भई हाल तिलोत्तमा–५ बस्ने २६ वर्षीय सरोज थापा, सोही ठाउँकै २६ वर्षीय दीपक रेगामी, तिलोत्तमा–६ का २४ वर्षीय दीपेश थापा र तिलोत्तमा–६ का २५ वर्षीय हितेश राना रहेका छन् ।

तिलोत्तमा–४ का १८ वर्षीय आकाश नेपाली, बाग्लुङ, वरेङ गाउँपलिका–५ सुखौराका १९ वर्षीय आशिष सामत, सोही ठाउँकै वर्षीय दीपक सामत, २९ वर्षीय गोरे भन्ने प्रमोद पुर्जा र २२ वर्षीय मिलन खत्री पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

मोटरसाइकल चोरी गर्ने र पार्टपुर्जा बिक्री वितरणमा संलग्नलाई पक्राउ गरिएको उनले बताए । पछिल्लो समय चोरीका घटना अत्यधिक बढेपछि प्रहरी अधिकृतको नेतृत्वमा विशेष अनुसन्धान टोली नै गठन गरेर उनीहरूलाई विभिन्न जिल्लाबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरू उपर चोरीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले आज आयोजित पत्रकार सम्मेलनमा फेला पारिएका १४ वटा मोटरसाइकलसमेत सार्वजनिक गरेको छ । भेटिएका मोटरसाइकल सवारीधनीलाई खोजी गरी जिम्मा लगाउने काम भइरहेको प्रनाउ थापाले बताए।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ८ : ५४ बजे

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व– रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत

हुम्लाको नाम्खा गाउँपालिकाको मतपेटिका ढुवानी हुँदै

सिमकोट– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीलगायत उच्च पहाडी मतदान केन्द्रको

दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै

काठमाडौं– नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासन, आमनागरिकसँगको सहयोग

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

झापा– प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन

काठमाडौंका यी स्थानमा हुँदैछ मतगणना

काठमाडौं– प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको