बुटवलमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ « Khabarhub

बुटवलमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले विभिन्न समयमा समूह बनाएर मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका १९ वर्षीय तरुन राना, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रामग्राम नपा–१४ का ४३ वर्षीय सुनिलकुमार चौधरी, रामग्राम–१६ का २० वर्षीय करन थारु, गुल्मी घर भई हाल तिलोत्तमा–५ बस्ने २६ वर्षीय सरोज थापा, सोही ठाउँकै २६ वर्षीय दीपक रेगामी, तिलोत्तमा–६ का २४ वर्षीय दीपेश थापा र तिलोत्तमा–६ का २५ वर्षीय हितेश राना रहेका छन् ।

तिलोत्तमा–४ का १८ वर्षीय आकाश नेपाली, बाग्लुङ, वरेङ गाउँपलिका–५ सुखौराका १९ वर्षीय आशिष सामत, सोही ठाउँकै वर्षीय दीपक सामत, २९ वर्षीय गोरे भन्ने प्रमोद पुर्जा र २२ वर्षीय मिलन खत्री पक्राउ परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

मोटरसाइकल चोरी गर्ने र पार्टपुर्जा बिक्री वितरणमा संलग्नलाई पक्राउ गरिएको उनले बताए । पछिल्लो समय चोरीका घटना अत्यधिक बढेपछि प्रहरी अधिकृतको नेतृत्वमा विशेष अनुसन्धान टोली नै गठन गरेर उनीहरूलाई विभिन्न जिल्लाबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरू उपर चोरीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले आज आयोजित पत्रकार सम्मेलनमा फेला पारिएका १४ वटा मोटरसाइकलसमेत सार्वजनिक गरेको छ । भेटिएका मोटरसाइकल सवारीधनीलाई खोजी गरी जिम्मा लगाउने काम भइरहेको प्रनाउ थापाले बताए।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ८ : ५४ बजे

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै