बस दुर्घटना अपडेट : एकको मृत्यु, २६ जनाको अवस्था गम्भीर « Khabarhub

बस दुर्घटना अपडेट : एकको मृत्यु, २६ जनाको अवस्था गम्भीर


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बैतडीको मेलौलीमा आज दिउँसो भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ४१ जना घाइते भएका छन् ।

पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु२ख २०११ नम्बरको पवनदूत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा मृत्यु भएको हो ।

दुर्घटनामा परेर घाइते हुने ४१ सबैलाई मेलौलीमा उपचार हुन नसकेपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल रेफर गरिएको छ । रेफर गरिएकामध्ये २६ जनाको अवस्था गम्भीर रहेको प्रवक्ता खत्रीले बताए । उनले भने “घाइते ४१ जनालाई डडेल्धुरा रेफर गरेका छौँ, तीमध्ये २६ जनाको अवस्था गम्भीर छ । १५ जना मध्यम अवस्थामा छन् ।”

ओरालो सडकमा अनियन्त्रित भएर सडक दुर्घटनामा परेको हो । सडकबाट चार सय मिटर तल खसेर बस रुखमा अड्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  १० : ४१ बजे

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट