माछा-मासुमा जस्तै पोषण पनिर, गेडागुडी र च्याउमा पाइन्छ « Khabarhub

माछा-मासुमा जस्तै पोषण पनिर, गेडागुडी र च्याउमा पाइन्छ

गर्मी मौसममा शाहाकारी भोजनको फाइदा


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

हामीले हाम्रो स्वास्थयलाई राम्रो राख्नको लागि सबै भन्दा पहिला खानपानमा विशेष ध्यान दिनुपर्छ। हामीले मौसम अनुसारका खाने कुरा खाँदा स्वास्थ्यलाई निकै लाभ पुग्ने चिकित्सक बताउछन्। साउन धेरै वर्षा हुने महिना भएकाले पनि खानपानमा विशेष ख्याल गर्नुपर्छ। यतिबेला प्रकृति हराभरा हुन्छ। यद्यपि यही महिनामा संक्रामक रोगको भय पनि अन्य समयको भन्दा बढी रहन्छ। शरीरका लागि चाहिने आवश्यक पौष्टिक तत्त्वमा कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो, भिटामिन, मिनरल्स, रेशा र पानी हुन्। तर, यिनै तत्त्वलाई मिलाएर खान नसक्दा अहिले रोगको जोखिम दिनप्रतिदिन बढ्दो क्रममा रहेको छ। अहिले साउनको महिना छ। यो महिनामा के खाने र के नखाने, के कुरामा पोषण हुन्छ लगायतका विषयमा आधारित रहेर खबरहबका लागि पोषणविद् रश्मी बजिमयासँग गरिएको कुराकानीको सम्पादित अंश :

शरीरलाई स्वास्थ राख्न हामीले के कस्ता खाने कुरामा ध्यान दिने ?
साउन महिना भनेको धार्मिक हिसाबले शास्त्रमा भगवान शिवको महिना हो भनेर भनिन्छ। शिव सात्त्विक भोजन ग्रहण गर्ने भएकाले उनको नाममा यो महिनाभरी शाकाहारी भोजन गर्ने प्रचलन छ। स्वास्थयका हिसाबले पनि गर्मी मौसम भएकाले शाहकारी भोजन गर्दा निकै फाइदा गर्ने गर्दछ। मांसाहारी खानाबाट प्रोटिन तत्त्व पाइन्छ भने प्रोटिनकै लागि शाकाहारी खाना गेडागुडी, पनिर र च्याउ खान सकिन्छ। खानामा प्रोटिन र कार्बोहाइड्रेटको मात्रा मिलाएर खाँदा स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ। यसका लागि उमेर अनुसार कति के खाने भनेर भरपर्छ। ब्यालेन्स डाइटमा प्रोटिन, कार्बोहाइड्रेड, फ्याट, मिनरल, भिटामिन सँगसँगै पानीको पनि अत्यधिक आवश्यकता पर्दछ।

बिहान र बेलुका कस्तो खाना खाने त ?
बिहानको खाना ड्राइ फुड चना, अण्डा, फलफूल बढी खान सकिन्छ। अरु समयको तुलनामा अलि राम्रो क्वालिटीको खाना खानुपर्छ। यसका लागि एउटा मान्छे ६ दिनमा १ घण्टा जति शारीरिक व्यायाम गर्दछ भने उसको तौलको आधारमा अलि बढी खाना खाने गर्नुपर्छ। दिउँसो र राति कम खाने गर्नुपर्छ। बेलुका खानामा दिनभरी धेरै काम गर्ने मानिसले बिहान नभ्याउने र बेलुकाको खाना बढी चिल्लो भएको खाना खाने गर्छन्। जसले गर्दा पेटको गोलाई बढ्ने, नसर्ने रोग बढी लाग्ने र अकालमा नै मृत्यु हुने गरेको पाइन्छ। त्यसैले बेलुकाको खाना हलुका खालको खानु पर्दछ।

हलुका खानामा के र कस्ता खाना खाने त ?
बिहान उठ्नासाथ सबैभन्दा पहिले मनतातो पानी जसमा थोरै कागतीको रस हालेर पिउन सकिन्छ। कालो चिया खाने गर्नुपर्छ। त्यसपछि फलफूल खाने र त्यसपछि नर्मल खाना खाने गर्नुपर्छ। जसमा भिटामिन मिनरल, फाइबर भएको खाना हरियो सागसब्जी तरकारी फलफूललाई हाम्रो खानाको मुख्य रूपमा लिने गर्नुपर्छ।

साउनमा माछामासु किन लाभदायक छैन ?
अहिलेको मौसम गर्मीको मौसम हो त्यसैले शरीरले मासुजन्य खानेकुरा छोटो समयमा हाम्रो शरीरले पचाउन सक्दैन। अहिले समय धेरै छिटो बित्छ। जसकारण खाना राम्ररी नपच्दा झाडापखला लाग्ने सम्भावना हुन्छ। पानी परिरहने समय भएकोले स्वस्थ खानेकुरा खाने र बाहिर गएर खाए पनि मजाले पाकेको खाना खानुपर्छ।

के कस्ता फलफूलहरु खाने त ?
यो मौसममा फलफूललाई विषादीरहित बनाएर खानुपर्छ। यो मौसममा पाइने आँप, केरा बजारबाट किनेर ल्याएको फलफूललाई सफा पानीमा नुन राखेर धोएर सफा बनाएर एक दिनपछि मात्र खाने गर्नुपर्छ। बाहिरबाट किनेर खाने फलफूलहरुका बोक्रा राम्रोसँग फालेर खाँदा स्वास्थ्यका लागि राम्रो हुन्छ।

यो मौसमा कुनै पनि समस्या नआओस् भनेर के के मा ध्यान दिने त ?
हामीले खाने दाल भात तरकारी नै एकदमै सन्तुलित खाना हो। दिउँसोको खाजा पनि दिन फेरेर खाने हरियो मकै पनि प्रशस्त मात्रामा खाने गर्नुपर्छ। खानामा गेडागुडी तथा अण्डा पनि खाने गर्नुपर्छ। शाकाहारीले फलफूलहरू मिलाएर खाने दूध दहीहरू खाँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। दहीलाई नै मोही बनाएर खाने पानी प्रशस्त मात्रामा पिउने गर्दा पनि उत्तम हुन्छ। बाहिरको खाने कुरा नखाने र खानै परे पाकेको खाना मात्र खाने, बाहिरको पानी नखाने आफैं बोकेर हिँड्ने गर्नुपर्छ। त्यस्तै काजु, बदाम, ओखर खाने गर्दा पनि उत्तम हुन्छ। यो मौसममा सरसफाइमा पनि धेरै ध्यान दिने गर्नुपर्छ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ७ : ०३ बजे

भलिबलको एउटै टिममा परिचारका चार सदस्य

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–३ फलियागाउँको एउटा भलिबल टिममा एकै घरका

पीएसएल : दीपेन्द्रको टिम इस्लामावाद युनाइटेडको लगातार दोस्रो जित

लाहोर- समीर मिन्हासको विष्फोटक ब्याटिङको मद्दतले इस्लामावाद युनाइटेडले पाकिस्तान सुपर

फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा

सुर्खेत– सुर्खेतको भेरीगङ्गा नगरपालिका–१२ मा फोहर प्रशोधन केन्द्र स्थापनाको काम

सूर्यविनायकमा क्यूआर कोडसहित घर नम्बर जडान अभियान सुरु

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रका सबै घरमा डिजिटल घर

आईपीएल : राजस्थानको रोमाञ्चक जित, गुजरात ६ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को पछिल्लो भिडन्तमा राजस्थान