पोखराका अस्पतालमा आँखाको परीक्षण र औषधि निःशुल्क | Khabarhub Khabarhub

पोखराका अस्पतालमा आँखाको परीक्षण र औषधि निःशुल्क


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

कास्की– आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै जाँदा कास्कीको पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न थालेका छन् ।

पोखरा महानगरपालिकाको अग्रसरतामा यहाँका केही अस्पतालमा साउन मसान्तसम्मका लागि आँखा जाँच तथा औषधि वितरणको व्यवस्था गरिएको छ ।

महानगरपालिकाले पोखराको मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल हस्पिटल र हिमालय आँखा अस्पतालसँग निःशुल्क आँखा परीक्षण तथा औषधि वितरणसम्बन्धी समझदारी गरेको छ ।

मुलुकका विभिन्न भागमा फैलिरहेको आँखा पाक्ने रोगको सङ्क्रमण पोखरा महानगरपालिकाभित्र पनि बढिरहेकाले यसको सङ्क्रमण चक्रलाई रोक्ने उद्देश्यले निःशुल्क आँखा परीक्षण तथा औषधि वितरण सम्बन्धी समझदारी गरिएको महानगर प्रमुख धनराज आचार्यले बताए ।

व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरपालिकासँग सहकार्य गरी प्रभावित बिरामीको सहजताका लागि समझदारी गरिएको अस्पतालले जनाएका छन् । अस्पतालमा आजदेखि साउन मसान्तसम्म आँखा पाक्ने रोगको निःशुल्क परीक्षण र औषधिसमेत वितरण गरिने छ ।

बिरामीलाई बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा प्रदान गरिने छ । महानगरको आग्रहमा हिमालयन आँखा अस्पतालले सेवाका लागि टिकट निःशुल्क दिने भएको छ । आँखा समस्याका बिरामीका लागि निःशुल्क टिकटको व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा इलिया श्रेष्ठले बताइन् ।

पोखरा महानगरले रोगको सङ्क्रमण नफैलियोस् भन्ने उद्देश्यले बुधबारदेखि शुक्रबारसम्म महानगर मातहतमा सम्पूर्ण विद्यालय तथा शिक्षण संस्थामा बिदा दिने निर्णय गरिसकेको छ । 

विद्यालय सङ्क्रमणको उच्च जोखिममा रहेकाले बन्द गरिएको महानगरको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ८ : २८ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि