साउदीमा अवैध रुपमा बसेका थप १३ हजार ९३९ कामदार पक्राउ  « Khabarhub

साउदीमा अवैध रुपमा बसेका थप १३ हजार ९३९ कामदार पक्राउ 


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदीले गैरकानुनी कामदारमाथि धरपकड तीब्र पारेसँगै थप १३ हजार ९३९ जना आप्रवासी नागरिक पक्राउ परेका छन् । 

एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १३ हजार ९३९ जना पक्राउ परेका हुन् ।

साउदीको गृह मन्त्रालयका अनुसार २७ जुलाई देखि ५ अगस्टसम्म एक साताको अवधिमा सुरक्षा बलका विभिन्न इकाइले राज्यभर गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लङ्घन गर्ने ७ हजार ८ सय ९४, सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने ३ हजार ८३९ र श्रम कानून उल्लंघन गर्ने २ हजार २०६ जना रहेका छन् ।

राज्यमा सीमा पार गर्न खोज्दा ९ सय ३३  जना व्यक्तिहरू पक्राउ परेका थिए । जसमा ४१ प्रतिशत यमनी, ५८ प्रतिशत इथियोपियाली र १ प्रतिशत अन्य देशका थिए । यस्तै ४४ उल्लङ्घनकारी साउदी अरेबियाबाट बाहिर जानका लागि सीमा पार गर्न खोज्दा पक्राउ परेका थिए।

यी मध्ये कानुन उल्लङ्घन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने ८ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको मन्त्रालयलाई उद्धृत गर्दै साउदी गजेटले जनाएको छ। यी सबैलाई सजाय तथा कानुनी प्रक्रिया पूरा गरी देश निकाला गरिने जनाएको छ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरि धरपकड अभियान तीब्र पारेसँगै गैरकानुनी रुपमा त्यहाँ कार्यरत सयौँ नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  १० : २० बजे

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुम्बासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा

केही भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल