इराकमा रहेका नेपालीको पासपोर्ट नवीकरणमा सहजीकरण गर्न आग्रह « Khabarhub

इराकमा रहेका नेपालीको पासपोर्ट नवीकरणमा सहजीकरण गर्न आग्रह


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरबारमा भेटवार्ता गरेको छ ।

उपाध्यक्ष आरके शर्मासहितको टोलीले भेटका क्रममा इराकमा रहेका नेपालीको समस्या समाधानका साथै एनआरएनएसँग सम्बन्धित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको बताइएको छ । 

इराकमा कार्यरत झण्डै ४०० जना नेपालीको पासपोर्टको म्याद सकिन लागेकाले पासपोर्ट नवीकरणका लागि सहजीकरण गर्न मन्त्रीलाई ध्यानाकर्षण गराएको उपाध्यक्ष शर्माले जानकारी दिए ।

यस्तै लामो समयदेखि इराकमा रोजगारी गर्नेहरूलाई पुनः श्रम स्वीकृति दिनका लागि व्यवस्था मिलाउन पनि अनुरोध गरिएको उनको भनाइ छ ।

यो समस्या समाधानमा सरकारले आवश्यक सहजीकरण गरेको खण्डमा इराकमा कार्यरत २० हजार नेपाली लाभान्वित हुने शर्माको भनाइ छ ।

अहिले सरकारले इराक नखुलाएकाले दलालको सेटिङमा ठूलो रकम खर्चेर नेपालीहरू इराक पुग्ने गरेका छन् । सो क्रममा मन्त्री साउदले इराक रोजगारीका लागि खुलाउने वातावरण भए–नभएकोबारे पनि जिज्ञासा राखेका थिए । 

तर, एनआरएनएको टोलीले तत्कालका लागि पुनः श्रम स्वीकृति र पासपोर्ट नवीकरणको समस्या समाधान गर्न आग्रह गर्दै पछि आवश्यकता हेरेर निर्णय गर्न सकिने जवाफ दिएको थियो । सो क्रममा माल्टा र पोर्चुगलमा दूतावास राख्न पनि अनुरोध गरिएको शर्माले बताए ।

यस्तै मध्यपूर्वसहित नेपाली श्रमिक भएका मुलुकमा उनीहरूलाई सहज हुने गरी दूतावासहरु मार्फत सेवा प्रवास गर्न पनि ध्यानाकर्षण गराइएको थियो । भेटका क्रममा गैरआवासीय नागरिकता छिटो दिने वातावरण मिलाउन पनि टोलीले परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएको थियो ।

यसैबीच टोलीले बुधबार श्रम सचिवसँग पनि छलफल गरेको छ । सो क्रममा श्रमिकका हितका विषयमा नीति निर्माणका सवालमा ध्यानाकर्षण गराइएको बताइएको छ । 

उक्त भेटमा एनआरएनए आईसीसी उपाध्यक्ष शर्मा, उपाध्यक्ष नरेन्द्र भाट, पूर्वउपाध्यक्ष टीबी कार्की, युरोप संयोजक सन्तोष भट्टराई, एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्कालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ११ : ३२ बजे

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब