इराकमा रहेका नेपालीको पासपोर्ट नवीकरणमा सहजीकरण गर्न आग्रह « Khabarhub

इराकमा रहेका नेपालीको पासपोर्ट नवीकरणमा सहजीकरण गर्न आग्रह


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरबारमा भेटवार्ता गरेको छ ।

उपाध्यक्ष आरके शर्मासहितको टोलीले भेटका क्रममा इराकमा रहेका नेपालीको समस्या समाधानका साथै एनआरएनएसँग सम्बन्धित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको बताइएको छ । 

इराकमा कार्यरत झण्डै ४०० जना नेपालीको पासपोर्टको म्याद सकिन लागेकाले पासपोर्ट नवीकरणका लागि सहजीकरण गर्न मन्त्रीलाई ध्यानाकर्षण गराएको उपाध्यक्ष शर्माले जानकारी दिए ।

यस्तै लामो समयदेखि इराकमा रोजगारी गर्नेहरूलाई पुनः श्रम स्वीकृति दिनका लागि व्यवस्था मिलाउन पनि अनुरोध गरिएको उनको भनाइ छ ।

यो समस्या समाधानमा सरकारले आवश्यक सहजीकरण गरेको खण्डमा इराकमा कार्यरत २० हजार नेपाली लाभान्वित हुने शर्माको भनाइ छ ।

अहिले सरकारले इराक नखुलाएकाले दलालको सेटिङमा ठूलो रकम खर्चेर नेपालीहरू इराक पुग्ने गरेका छन् । सो क्रममा मन्त्री साउदले इराक रोजगारीका लागि खुलाउने वातावरण भए–नभएकोबारे पनि जिज्ञासा राखेका थिए । 

तर, एनआरएनएको टोलीले तत्कालका लागि पुनः श्रम स्वीकृति र पासपोर्ट नवीकरणको समस्या समाधान गर्न आग्रह गर्दै पछि आवश्यकता हेरेर निर्णय गर्न सकिने जवाफ दिएको थियो । सो क्रममा माल्टा र पोर्चुगलमा दूतावास राख्न पनि अनुरोध गरिएको शर्माले बताए ।

यस्तै मध्यपूर्वसहित नेपाली श्रमिक भएका मुलुकमा उनीहरूलाई सहज हुने गरी दूतावासहरु मार्फत सेवा प्रवास गर्न पनि ध्यानाकर्षण गराइएको थियो । भेटका क्रममा गैरआवासीय नागरिकता छिटो दिने वातावरण मिलाउन पनि टोलीले परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएको थियो ।

यसैबीच टोलीले बुधबार श्रम सचिवसँग पनि छलफल गरेको छ । सो क्रममा श्रमिकका हितका विषयमा नीति निर्माणका सवालमा ध्यानाकर्षण गराइएको बताइएको छ । 

उक्त भेटमा एनआरएनए आईसीसी उपाध्यक्ष शर्मा, उपाध्यक्ष नरेन्द्र भाट, पूर्वउपाध्यक्ष टीबी कार्की, युरोप संयोजक सन्तोष भट्टराई, एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्कालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ११ : ३२ बजे

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

संयुक्त राष्ट्रसंघको महिलाको स्थितिसम्बन्धी ७०औँ सभामा मन्त्री श्रेष्ठको सम्बोधन

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

आइपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा बेङ्गलुरु र हैदराबाद भिड्ने

काठमाडौं – भारतमा आयोजना हुने चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन

किताब बेचेरै महावीरले जम्मा गरे १२ करोड रूपैयाँ

पोखरा – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो पुस्तक बिक्रीबाट हालसम्म