कारागारभित्र मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग | Khabarhub Khabarhub

कारागारभित्र मृत्यु प्रकरणको निष्पक्ष छानबिन गर्न माग


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– सङ्खुवासभा  जिल्ला कारागारमा दुई कैदीको बुधबार बिहान मृत्यु भएपछि आफन्तले निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । कारागारभित्र भएको हत्यासम्बन्धी घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै उनीहरूले उक्त घटना शंकास्पद भएको र प्रहरीको पनि मिलोमतो भएको आशङ्का गरेका छन् ।

सुरक्षा घेराभित्र रहेको व्यक्तिको कुटपिटबाट हत्या हुँदा प्रहरी प्रशासन मौन बसेको आरोप लगाउँदै मृतककी दिदी भीमा रम्तेलले सत्यतथ्य बाहिर नआउन्जेल शव नउठाउने बताए । प्रहरीले सिसीटिभी क्यामेरा फुटेज अझै बाहिर नल्याएकोमा उनले शंका व्यक्त गरिन्।

प्रहरीले भने जिल्ला कारागारमा कैदीबन्दीबीच कुटपिट हुँदा दुई जनाको मृत्यु भएको बताउँदै आएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले घटनाको सत्यतथ्य छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रहरी र कारागार प्रशासनका कर्मचारी संलग्न रहेछन् भने अनुसन्धान गरेर कारबाही गरिने र  छानबिन समितिले पनि १० दिनभित्र यथार्थ बाहिर ल्याइने उनले बताए । हत्याको घटनापछि प्रहरीले नौ कैदीबन्दीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । ती कैदीबन्दीको नाम भने सार्वजनिक गरिएको छैन । यो कारागार २५ जना अटाउनेक्षमताको भए पनि विभिन्न मुद्दाका एक सय ३६ कैदीबन्दी राखिएको छ ।

मृत्यु भएका नुवाकोट ककनी ७ का आकाश बलामी चोरी मुद्दामा सजाय भोगिरहेका थिए । अर्का मृतक जबर्जस्ती करणीमा मुद्दा खेपिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का विनोद तोलाङ्गी थिए । कारागारको शौचालयको झ्याल काटेर भाग्न खोजेपछि उनीहरूलाई प्रहरी र कारागार प्रशासनले बुधबार बिहान एक बजे नियन्त्रणमा लिइएको र नियन्त्रण लगतै भएको कुटपीटपछि ती दुईको मृत्यु भएको प्रहरीको जिकिर छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  १ : ०९ बजे

परराष्ट्रमन्त्रीको प्रष्टिकरण : विपिन जोशीको रिहाइका लागि निरन्तर पहल र कोसिस गर्‍यौँ

काठमाडौँ- परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि लैजाने भन्दै लामो

‘३६ को आँकडा’मा अभिनय गर्न नेपाल आइन् निरुता, दुई दशकपछि रेखासँग सहकार्य गर्दै

काठमाडौं – सविर श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनय गर्न

विदेश सचिव मिस्रीको दुई दिने नेपाल भ्रमण, नयाँदिल्लीले भन्यो : उपलब्धि र फलदायी

काठमाडौं– भारतका विदेश सचिव विक्रम मिस्री दुईदिने नेपाल भ्रमण सकेर

‘कहाँ गयौ तिमी’बाट फिल्म निर्देशनमा डेब्यू गर्दै फिरोज

काठमाडौं – ‘कहाँ गयौ तिमी’ निर्माणको घोषणा गरेका फिरोज तिमलसेनाले