एसिया कप खेल्न बाबर आजमको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा  « Khabarhub

एसिया कप खेल्न बाबर आजमको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा 


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानी क्रिकेट बोर्डले एसिया कप र त्यसअघि अफगानिस्तानसँग हुने ३ खेलको एकदिवसीय शृङ्खलाका लागि टोलीको घोषणा गरेको छ । पीसीबीले बाबर आजमको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो ।

अगष्ट ३० बाट सुरु हुने एसिया कपको तयारीका क्रममा पाकिस्तानले अफगानिस्तानसँग श्रीलंकामा ३ खेलको एकदिवसीय शृंखला खेल्न लागेको हो ।

पाकिस्तान र अफगानिस्तानले अगष्ट २२, २४ र २६ मा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने तालिका छ । पाकिस्तानले एसिया कपमा पहिलो खेलमा आफ्नै घरेलु मैदानमा नेपालसँग खेल्नेछ ।

पाकिस्तानको टोलीमा बाबर आजम (कप्तान), सदाब खान (उपकप्तान), अब्दुल्लाह सफिक, फहिम अस्रार्फ, फकार जमान, हरिश रार्फ, इफ्तिकार अहमद, इमाल उल हक, मोहम्मद हरिश, मोहम्मद नवाज, मोहम्मद रिज्वान, मोहम्मद वासिम (जुनियर), नजिम शाह, सल्मान अलि अगाह, साउद सकिल, शाहिन अफ्रिदी, तयाब ताहिर र उस्मा मिर रहेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  १ : ३४ बजे

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका