समयपरिस्थीति अनुसार चलन नसके कांग्रेसलाई गाह्रो पर्छ : नेता सिंह | Khabarhub Khabarhub

समयपरिस्थीति अनुसार चलन नसके कांग्रेसलाई गाह्रो पर्छ : नेता सिंह


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयपरिस्थीति अनुसार चलन नसके आगामी दिनमा कांग्रेसलाई गाह्रो पर्न सक्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं प्रदेश १ ख र वडा नम्बर ३१ को संयुक्त सम्मेलनमा नेता सिंहले कांग्रेस पुरानो पार्टी भएकाले इतिहासको मात्रै कुरा गरेर नपुग्ने भन्दै समयपरिस्थीति अनुसार चलन नसके आगामी दिनमा कांग्रेसलाई गाह्रो पर्न सक्ने बताएका हुन् । 

उनले जनताको गुमेको अधिकार फिर्ता ल्याएर कांग्रेसले परिवर्तनको नेतृत्व गरेकाले पार्टी गरेका कामलाई जनताले अनुभूति हुने गरि प्रचार प्रसार गर्नुपर्ने धारणा राखे ।

नेता सिंहले कांग्रेसका गतिविधि निकै खर्चिलो हुन थालेको भन्दै यसमा पनि सुधार गर्नुपर्ने बताए । पार्टीभित्र एक अर्कालाई दोष लगाएर कोही पनि बलियो हुन नसक्ने भन्दै उनले पार्टीभित्रको बिमतिलाई औपचारिक तथा अनौपचारिक बैठकमा छलफल गर्नुपर्ने जिकिर गरे ।

नेता सिंहले पार्टी नेता तथा कार्यकर्ताहरूका विधिपद्धती अनुसार हिँड्नुपर्नेजिम्मेवारीबोधका साथ अघि बढ्नुपर्ने बताए । 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  २ : १९ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा