निजी विद्यालय संगठनद्वारा काठमाडौंमा विरोध प्रदर्शन « Khabarhub

निजी विद्यालय संगठनद्वारा काठमाडौंमा विरोध प्रदर्शन


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने गरि सरकारले शिक्षा सम्बन्धी ऐन अघि बढाउन खोजेको भन्दै निजी विद्यालय संगठनहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । 

विद्यालय क्षेत्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै नेसनल प्याव्सन, हिसान र प्याव्सनले बिहीबार संयुक्त रुपमा काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

 प्रदर्शनमा सहभागीहरूले शिक्षामा समान अवसर, अवसरमा समान पहुँच, विधेयक कसले र कसका लागि बनायो?, विभेदको अन्त्यका लागि शिक्षा हो भने शिक्षामा विभेद किन गछौँ ? लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रस्तावित विधेयकले कम्पनी मार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरेको यसले निजी लगानीको शिक्षा क्षेत्र धाराशयी हुने भएकाले विरोध गर्नुपरेको प्याब्सनका अध्यक्ष डीके ढुंगानाले बताए । 

गुठीमा भएका विद्यालयहरूले नै दुख पाएको अवस्था कम्पनीमा रुपमा रहेका विद्यालयलाई गुठीमा रूपान्तरण गर्न उचित नहुने उनले बताए । शिक्षा सम्बन्धी विधेयकप्रति विरोध जनाउदै उनीहरूले चरणबद्ध आन्दोलन नै घोषणा गरेका छन्, जसअनुसार असार २६ गते अन्तरक्रिया गर्ने, २७ गते समीक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालीन विद्यालय बन्द गर्ने उनीहरूले जनाएका छन् ।  

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ३ : ०२ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ