श्रीमतीको हत्या गरी फरार रहेका पूर्णबहादुर प्रहरी नियन्त्रणमा « Khabarhub

श्रीमतीको हत्या गरी फरार रहेका पूर्णबहादुर प्रहरी नियन्त्रणमा


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे– श्रीमतीको हत्या गरी फरार रहेका पूर्णबहादुर तामाङलाई इलाम जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । 

इलाम सूर्योदय नगरपालिका–२, सयपत्री टोलमा सोमबार राति श्रीमतीको हत्या गरी फरार रहेका तामाङलाई सोही वडाको लालिखर्कबाट  पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईको कमान्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । 

निज तामाङलाई हाल इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश जबेगुले बताए। 

पाँचथर, हिलिहाङ गाउँपालिका– ७ तम्फुवा घर भई हाल सूर्योदय नगरपालिका- २ सयपत्री टोलमा भाडामा बस्ने वर्ष ५० वर्षका तामाङले सामान्य विवादपछि घरेलु हतियार (बामफोक) प्रहार गरी ४५ वर्षीया  श्रीमती डम्बर कुमारीको हत्या गरेका थिए । 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ४ : ०० बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल