राजनीति

राष्ट्रपति पौडेल र साउदी अरेबियाका राजदूत अबुहैमेदबीच भेट

By खबरहब

August 10, 2023

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति निवासमा आज उनीहरूबीच भेटवार्ता भएको हो । सो अवसरमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले साउदी सरकारले नेपालको विभिन्न क्षेत्रको विकासमा पुर्‍याएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

‘उहाँले नेपाल र साउदी अरबबीच सहकार्य गर्नका लागि पर्यटन एक महत्त्वपूर्ण सम्भावित क्षेत्र रहेको कुरासमेत गर्नुभयो’, राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा प्रवक्ता शैलजा रेग्मी भट्टराईले उल्लेख गरेका छन् ।