स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्रको उद्घाटन | Khabarhub Khabarhub

स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्रको उद्घाटन


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल तथा स्वास्थ्य चौकीबाट निस्कने फोहर व्यवस्थापन गरी आमजनताको स्वच्छ वातावरणसहित गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पताल हाताभित्र रहेको स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्रको आज यहाँ उद्घाटन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले अस्पतालबाट निस्कने फोहर निर्मूलीकरण तथा विसर्जनकार्य प्रारम्भ भएसँगै अस्पताल आसपासका क्षेत्रसमेत सफा र स्वच्छ बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।  

उनले फोहर तथा दुर्गन्धका कारण फैलन सक्ने महामारीजन्य रोग सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि देशभरका स्थानीय वडा तथा पालिका तहका जनता, विशेषज्ञ र सम्बद्ध क्षेत्रमा क्रियाशील सङ्घ संस्थासँगसमेत सहयोग र सहकार्य गरी स्वास्थ्य क्षेत्रका समस्या समाधान गरिने धारणा व्यक्त गरे ।  

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोख्रेलले वातावरण प्रदूषण न्यूनीकरणसहित गुणस्तरीय, भरपर्दो एवं सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारको नीति तथा कार्यक्रम सफल तुल्याउन सम्बद्ध सबै क्षेत्रबाट साथ, सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अस्पताल र केन्द्रको स्थापना भएपछि फोहरमैला व्यवस्थापनमा सहयोग पुग्ने बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले समुदायसँगसमेत साझेदारी गरी स्वच्छ, सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताए। 

सरकारले सार्वजनिक अस्पतालमा निस्केको फोहर व्यवस्थापन गरी मानव मैत्रीवातावरणसहित स्वच्छ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा सशस्त्र प्रहरीसहित १५ वटा अस्पतालमा यस किसिमको स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्र स्थापना गरेको सो अवसरमा जानकारी गराइयो । 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ५ : ५७ बजे

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा