स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्रको उद्घाटन « Khabarhub

स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्रको उद्घाटन


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताल तथा स्वास्थ्य चौकीबाट निस्कने फोहर व्यवस्थापन गरी आमजनताको स्वच्छ वातावरणसहित गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पताल हाताभित्र रहेको स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्रको आज यहाँ उद्घाटन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले अस्पतालबाट निस्कने फोहर निर्मूलीकरण तथा विसर्जनकार्य प्रारम्भ भएसँगै अस्पताल आसपासका क्षेत्रसमेत सफा र स्वच्छ बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।  

उनले फोहर तथा दुर्गन्धका कारण फैलन सक्ने महामारीजन्य रोग सङ्क्रमण न्यूनीकरण तथा रोकथामका लागि देशभरका स्थानीय वडा तथा पालिका तहका जनता, विशेषज्ञ र सम्बद्ध क्षेत्रमा क्रियाशील सङ्घ संस्थासँगसमेत सहयोग र सहकार्य गरी स्वास्थ्य क्षेत्रका समस्या समाधान गरिने धारणा व्यक्त गरे ।  

स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोख्रेलले वातावरण प्रदूषण न्यूनीकरणसहित गुणस्तरीय, भरपर्दो एवं सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारको नीति तथा कार्यक्रम सफल तुल्याउन सम्बद्ध सबै क्षेत्रबाट साथ, सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अस्पताल र केन्द्रको स्थापना भएपछि फोहरमैला व्यवस्थापनमा सहयोग पुग्ने बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले समुदायसँगसमेत साझेदारी गरी स्वच्छ, सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताए। 

सरकारले सार्वजनिक अस्पतालमा निस्केको फोहर व्यवस्थापन गरी मानव मैत्रीवातावरणसहित स्वच्छ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा सशस्त्र प्रहरीसहित १५ वटा अस्पतालमा यस किसिमको स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्र स्थापना गरेको सो अवसरमा जानकारी गराइयो । 

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ५ : ५७ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग