बागमती प्रदेशमा लम्पी स्किनविरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु « Khabarhub

बागमती प्रदेशमा लम्पी स्किनविरुद्ध सप्ताहव्यापी खोप अभियान सुरु


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बागमती प्रदेशमा गाईर्भैँसीमा तीव्ररूपमा फैलिएको लम्पी स्किन रोगविरुद्धको सप्ताहव्यापी खोप अभियान आजदेखि सुरु भएको प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा तीव्ररूपमा फैलिएको लम्पी स्किन रोगको नियन्त्रण तथा रोकथामका लागि उक्त अभियान नै सञ्चालन गरेर प्रदेशको ९१ वटा स्थानीय तहमा आजदेखि एकैपटक खोप लगाउने कार्य सुरु गरेको मन्त्रालयका पशु डा शरण पाण्डेले बताए ।

उनका अनुसार प्रदेशका १३ जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट बिहीबारदेखि एकैपटक खोप अभियान सुरु गरिएको हो । मन्त्रालयले प्रदेशका १३ जिल्लाका ५० हजार गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ ।

मन्त्रालयले खोप अभियान सञ्चालनका लागि सम्बन्धित जिल्लाको विज्ञ केन्द्रमार्फत एक सय ४६ जना भ्याक्सिनेटर नियुक्त गरेको छ । उक्त अभियानका लागि ४८ हजार पाँच सय ५० डोज खोपको सुनिश्चितता भएको डा पाण्डेले बताए ।

मन्त्रालयले भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र ललितपुरको १६ स्थानीय तहका लागि २४ जना भ्याक्सिनेटर र छ हजार तीन सय खोप, भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मकवानपुरको १० स्थानीय तहका लागि १९ जना भ्याक्सिनेटर र सात हजार डोज खोप, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र नुवाकोटको १७ स्थानीय तहका लागि १७ जना भ्याक्सिनेटर र छ हजार डोज खोप र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धादिङको पाँच स्थानीय तहका लागि २६ जना भ्याक्सिनेटर र पाँच हजार दुई सय ५० डोज खोप उपलब्ध गराइएको छ ।

यसैगरी भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनको सात स्थानीय तहका लागि १४ जना भ्याक्सिनेटर र सात हजार पाँच सय डोज खोप, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र दोलखाको १३ स्थानीय तहका लागि १३ जना भ्याक्सिनेटर र चार हजार पाँच सय डोज खोप, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र काभ्रेको छ स्थानीय तहका लागि १२ भ्याक्सिनेटर र छ हजार पाँच सय डोज खोप र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र सिन्धुलीका १७ स्थानीय तहका लागि २१ भ्याक्सिनेटर पाँच हजार पाँच सय डोज खोप उपलब्ध गराइएको छ ।

प्रदेशमा हालसम्म उक्त सङ्क्रमणबाट छ हजार दुई सय ९१ गाईभैँसीको मृत्यु भएको छ भने एक लाख १० हजार चार सय ४० सङ्क्रमित भएका छन् । रोगबाट १३ जिल्लाका दुई लाख चार हजार नौ सय ८८ पशु प्रभावित भएको डा पाण्डेले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  १० : ५१ बजे

५ करोड बजेटसहित ‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको