मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या दुईहजार नाघ्यो | Khabarhub Khabarhub

मोरक्को भूकम्पमा मृत्यु हुनेको संख्या दुईहजार नाघ्यो


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर अफ्रिकी मुलुक मोरोक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । भूकम्पमा परी अहिलेसम्म २ हजार १०२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मोरोक्कोको माराकेश शहरको दक्षिण पश्चिम क्षेत्रको उच्च पर्वतलाई केन्द्रबिन्दु बनाई गएको ६ दशमलव ८ रेक्टरस्केलको भूकम्पले भौतिक संरचनामा ब्यापक क्षति पुर्‍याएकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अल हाउज प्रान्तमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । भूकम्पबाट हजारौं संरचनाहरु ध्वस्त भएका छन् ।

भग्नावशेषमा च्यापिएकाहरुको खोजी तथा उद्धार कार्य जारी छ । भुकम्पमा परी घाइते भएकाहरु मध्ये एकहजार ४०४ जनाकोको अवस्था गम्भीर रहेको जनाइएको छ ।

भूकम्पबाट माराकेश शहरका अधिकांश घरहरु ढल्नुका साथै दुर्गम पहाडी क्षेत्रका गाउँहरु मैदानमा परिणत भएका छन् । मोरोक्कोका राजा मोहमद छैठौंले पीडितहरुको खोजी तथा उद्धार र सहायताका लागि अपील गर्नुभएको छ । मृतकहरुको शोकमा राष्ट्रिय झण्डा तीन दिन झुकाइने भएको छ ।

मोरक्कोमा २० वर्षपछि यति ठूला भूकम्प आएको हो। यसअघि सन् २००४ मा बन्दरगाह सहर अल होसिमा केन्द्रबिन्दु बनाएर ६।३ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यतिबेला ६३० जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ७ : ४२ बजे

टंकको ‘अशोक हार्दैछन्’ भन्ने स्ट्याटसबारे अशोक : दर्शकले हार्न दिनुभएन

काठमाडौं – ‘मन बिनाको धन’को प्रदर्शनको संघारमा राखेको स्ट्याटसबारे टंक

जङ्गली हात्तीको आक्रमणबाट नौ वर्षमा १७ जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरमा मानव–वन्यजन्तु द्वन्द्व पछिल्लो समय बढ्दै गएको छ ।

राजा फर्काउने आन्दोलनमा पनि उत्रिएका थिए नक्कली नागरिकताधारी तेन्जिन

काठमाडौं- भदौ २४ गतेको आन्दोलनमा पेस्तोल देखाएको कसुरमा पक्राउ परेका

महोत्तरीमा नाम दर्ता गराउन मतदाता उत्साहित

महोत्तरी– महोत्तरीमा दीपावली, छठ, धातृनवमी सामाचकेवा र कात्तिक पूर्णिमासहितका चाडबाड

सभामुख बैठक : प्रदेश कानुनका व्यवस्था सङ्घीय सरकारले हटाउन नमिल्ने

काठमाडौं– सङ्घीयसहित प्रदेशसभाका सभामुखहरूको बैठकले प्रदेश कानुनमा भएका व्यवस्थालाई सङ्घीय