माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड « Khabarhub

माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँड


२४ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माण्डु हाइड्रोपावरको आईपीओ आज बाँडफाँड भएको छ । यसमा गोलाप्रथामार्फत १ लाख २० हजार ५३२ जना आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् ।

यो आईपीओमा कुल १० लाख १६ हजार ७१४ जनाले आवेदन दिएका थिए । जसमा १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ ।

योग्य ८ लाख ७२ हजार ८३७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यस कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि कुल १२ लाख ५ हजार ३२० कित्ता आईपीओ प्रिमियम भाउमा बिक्री गरेको थियो ।

फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले आइपीओ निष्कासन गरेको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आईपीओको नतिजा हेर्न सक्नेछन् । साथै, माण्डु हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आजईपीओ नतिजा हेर्न बनाएको वेबसाइटबाट पनि हेर्न सकिन्छ ।

प्रकाशित मिति : २४ भदौ २०८०, आइतबार  १२ : ५९ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा