‘आर्थिक मुद्दासँग सुरक्षा मामिला जोड्नु असान्दर्भिक’ | Khabarhub Khabarhub

‘आर्थिक मुद्दासँग सुरक्षा मामिला जोड्नु असान्दर्भिक’


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- चीनले आर्थिक सहयोग एवं साझेदारीका मुद्दालाई सुरक्षासँग जोड्न नहुने बताएको छ । साथै बेइजिङले विपक्षीहरूलाई असान्दर्भिक र अमान्य विषय नउठाउन आह्वान गरेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा जारी जी २० शिखर सम्मेलनका क्रममा बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग आइतबार बिहान भएको भेटवार्तामा चीनका प्रधानमन्त्रीले ली छ्याङले दुई भिन्न विषयलाई मिसाएर असान्दर्भिक अभ्यासमा लाग्नु श्रेयस्कर नभएको बताए ।

उनले चीन र बेलायतले व्यापार र आर्थिक सहयोगलाई राजनीति र सुरक्षासँग मिसाउने प्रवृत्तिको विरोध गर्नुपर्ने, खुला विश्व अर्थतन्त्रको निर्माणलाई प्रवर्द्धन गर्ने र विश्व व्यापार सङ्गठनको केन्द्रमा रहेको बहुपक्षीय व्यापार प्रणालीलाई संयुक्त रूपमा समर्थन एवं प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

चीन र बेलायत दुवै स्वतन्त्र व्यापारका पक्षपाती, अभ्यासकर्ता र लाभापेक्षी भएकाले पारस्परिक सहकार्य र साझेदारीका निम्ति उनले आफ्ना समकक्षीसँग आह्वान गरेका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  १ : ३८ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले