राष्ट्रियताको सवालमा बिपीको सिद्धान्तअनुरुप काम नहुँदा देश कमजोर भयो, : नेता कोइराला « Khabarhub

राष्ट्रियताको सवालमा बिपीको सिद्धान्तअनुरुप काम नहुँदा देश कमजोर भयो, : नेता कोइराला


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालले राष्ट्रियता कमजोर भएको भन्दै बिपीको अनुयायी भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

आज हेटौँडामा बिपी विचार समाज मकवानपुरले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले राष्ट्रियताको सवालमा बिपीको सिद्धान्तअनुरुप गुणस्तरीय शिक्षा, स्वास्थ्यमा जोड दिन नसक्दा देश कमजोर भएको बताए । उनले सबै कांग्रेसी कार्यकर्तालाई एकढिक्का भएर अघि बढ्न समेत आग्रह गरे ।

बिपीको सिद्धान्तअनुसार पैसाको अभावले कोही पनि नागरिक पढ्नबाट बञ्चित हुनु नपर्ने, सामाजिक सुरक्षा र सामाजिक न्यायमा सबैको उत्तिकै पहुँच हुनुपर्ने कुरालाई राज्यले अङ्गाल्न नसकेकोमा आफूलाई दुःखलागेको उनको भनाइ छ ।

देशको परराष्ट्र नीति कमजोर हुँदा विदेशीले हेप्ने परिपाटी देखिएकाले परराष्ट्र नीति बलियो बनाउनुपर्ने उनको भनाइ छ । उनले देशमा दण्डहिनता बढेको भन्दै राज्य उत्तरदायित्व र पारदर्शी हुन नसकेको आरोप लगाए ।

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण सिङ्गो लोकतान्त्रिक व्यवस्थामाथि भएको भन्दै बिपीको आर्दश सिद्धान्त भुलेका कारण यस्तो अराजकता बढेको उनको धारणा छ ।

बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक देशमा जातीय द्वन्द्वले देशलाई विखण्डित बनाउने भन्दै उनले भ्रष्टाचार दण्डहिनता र पारदर्शीताको विचारलाई गम्भीर भएर बुझ्नुपर्नेमा जोड दिए । पार्टीभित्र व्यक्तिवादी चरित्र हाबी भएको भन्दै यसलाई सुधार गरेर एकढिक्का हुन नेता र कार्यकर्तालाई आग्रह गरे ।

बिपी विचार समाजका अध्यक्ष विनोदचन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभापति एंव प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँ, प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, जिल्ला सभापति बुद्ध लामा, चितवनका जिल्ला सभापति राजेश्वर खनाललगायतले बिपीका विषयमा विचार राखेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ४ : ४३ बजे

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

झापा– मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न

सूर्यविनायक–धुलिखेल सडक निर्माण सुस्त (तस्बिरहरू)

भक्तपुर– भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा विस्तार भइरहेको सडक

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग

समिति बैठकमा अर्थमन्त्री वाग्ले सहभागी हुँदै, समसामयिक आर्थिक विषयमा छलफल हुने

काठमाडौँ – संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा