काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजनाको प्रगति २६ दशमलव १४ प्रतिशत रहेको सेनाद्वारा जानकारी | Khabarhub Khabarhub

काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजनाको प्रगति २६ दशमलव १४ प्रतिशत रहेको सेनाद्वारा जानकारी


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनाले काठमाडौं तराई मधेश द्रुतमार्ग सडक आयोजना निर्माणको भौतिक प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जनाएको छ ।

सेनाले आइतबार सैनिक मुख्यालयमा पत्रकार सम्मेलन गर्दै हालसम्म द्रुत मार्गको करिव ९५ प्रतिशत प्याकेजहरु कार्यान्वयन तथा खरिद प्रक्रियामा गइसकेको र हालसम्म निर्माणको भौतिक प्रगति २६ दशमलव १४ प्रतिशत रहेको जनाएको हो ।

त्यस्तै, आयोजनाको समष्टिगत वितीय प्रगति मोबिलाइजेशन सहित २८ दशमलव ११ प्रतिशत रहेको सेनाले जनाएको छ । आयोजनाअन्तर्गत तीनवटा सुरुङहरुको जम्मा लम्बाइ ६ दशमलव ४१५ मिलोमिटरमध्ये २ दशमलव ६६७ किलोमिटर अर्थात ४१ दशमलव ५७ प्रतिशत काम भएको सेनाले जनाएको छ ।

त्यस्तै खोकना क्षेत्रमा द्रुत मार्गको सुरु विन्दु निर्धारण गरी सवारी आवागमन व्यवस्थापनसम्बन्धी निर्णय र जग्गा अधिग्रहण विवाद समाधानपश्चात खरिद प्रक्रिया सुरु गर्ने तयारी अवस्थामा रहेको आयोजना प्रमुख प्राविधिक उपरथी कमल विक्रम शाहले जानकारी दिए ।

त्यस्तै सेनाले सैनिक कल्याणकारी कोषमा २०८० असार मसान्तसम्ममा ७१ अर्ब ५ करोड ६१ लाख रुपैयाँ जम्मा भएको जनाएको छ । कोषमा यस वर्ष १३.३४ प्रतिशत अर्थात् ८ अर्ब ३६ करोड ७२ लाखले वृद्धि भएको हो । त्यस्तै कोषको यथार्थ सम्पत्ति ७७ अर्ब ६१ करोड १ लाख रुपैयाँ पुगेको सेनाले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ७ : १३ बजे

भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी

सुरक्षाका लागि ‘नेशनल भोलेन्टियर फोर्स’ गठन गर्ने एमालेको तयारी

काठमाडौं – नेकपा एमालेले पार्टी, नेतृत्व, जनता र देशको सुरक्षाका

उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्रीको छलफल, बालेनले गरे बहिस्कार

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरुसँग छलफल गरेकी छन्।

थाईल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिनलाई ५० करोड डलर कर तिर्न अदालतको आदेश

बैङ्कक – थाइल्यान्डको सर्वोच्च अदालतले सोमबार जेलमा रहेका पूर्व प्रधानमन्त्री

औद्योगिक ग्रामको काम अघि बढेन

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–१६ स्थित ग्वारखोला किनारमा निर्माण गर्ने