चिनियाँ राजदूत छनलाई पर्सना नन ग्राटा घोषणा गर्नुपर्ने एकता अभियान माग | Khabarhub Khabarhub

चिनियाँ राजदूत छनलाई पर्सना नन ग्राटा घोषणा गर्नुपर्ने एकता अभियान माग


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय एकता अभियान नेपालले चिनियाँ राजदूत छन सङलाई पर्सना नन ग्राटा घोषणा गर्न माग गरेको छ । अभियानले आइतबार परराष्ट्रमन्त्री एनपी साउदलाई ज्ञापन पत्र बुझाउँदै राजदूत सङलाई पर्सना नन ग्राटा घोषणा माग गरेको हो ।

हालै राजदूत छन सङले एक भाषणमा भारतसँग नेपालको सम्बन्धको आलोचना गरेका थिए । त्यही विषय स्मरण गराउँदै यस्ता गैरकूटनीतिक अभिब्यक्ति दिने राजदूतलाई फिर्ता पठाउनु पर्ने ज्ञापन पत्रमा माग गरिएको छ । भारतसँगको व्यापारमा घाटा भइरहेकाले नेपालले चीनसँग व्यापार विस्तार गर्नुपर्ने उनको भनाइ नितान्त गैरकूटनीतिक भएको भन्दै अभियानले राजदूत छन सङलाई ‘पर्सना नन ग्राटा’ घोषणा गर्नुपर्ने माग गरेको हो ।

चिनियाँ राजदूतको भनाइ नेपालको आन्तरिक मामिलामा गरिएको कडा र अशोभनीय टिप्पणी भएको अभियानले जनाएको छ। नेपालले चीन र भारत दुवैसँगको सम्बन्ध सन्तुलनमा ल्याउने प्रयास गरिरहेका बेला आएको यस्तो अभिब्यक्तिका विषयमा नेपाल सरकारले कुनै प्रतिक्रिया नदिनु रहस्यमय भएको पनि ज्ञापन पत्रमा उल्लेख छ ।

‘भारतसँगको उर्जा व्यापार सम्झौतालाई नेपाल सरकारले उल्लेखनीय उपलब्धि मानेको छ । र नेपाल–भारत विद्युत व्यापारको विस्तार नेपालको घोषित नीति हो’ ज्ञापन पत्रमा भनिएको छ, ‘राजदूत छनको त्यो भनाइ नेपाल सरकारको नीतिको ठाडो विरोध मात्र होइन, सामान्य कूटनीतिक शिष्टाचारको उल्लङ्घन पनि हो।’

ज्ञापन पत्र बुझाउन अध्यक्ष यादव, वरिष्ठ नेता वीपी यादव, महासचिव डा।प्रभात कुशवाहा, महिला संयोजक रीता साह, मधेश सम्पर्क समिति काठमाडौँका संयोजक विनोद सिंह, सल्लाहकार जयनारायण यादव, युवा प्रमुख दिवस पटेल, धीरज गिरी, विद्यार्थी परिषदका महासचिव पप्पु यादव, केन्द्रीय सदस्य चन्द्र यदुवंशी, अभियन्ता गणेशकुमार सिंहलगायत मन्त्रालयमा पुगेका थिए ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ९ : ५३ बजे

भारत–पाकिस्तान युद्धले नेपालको बजार र भान्छामा कस्तो असर पर्ला ?

काठमाडौं– आतंकवादविरुद्ध भारतले अगाडि बढाएको ‘मिसन सिन्दुर’ पछि भारत पाकिस्तानबीचमा

‘पाकिस्तानमा रहेका नेपालीको सुरक्षाका लागि सरकार सचेत छ’

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र अन्य नेपालीको

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी

गलकोट– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प

डेङ्गुप्रति सचेतना अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– पानी पर्न थालेकाले डेङ्गु सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै सतर्कता अपनाउन

रिलायन्सको आइपीओ : कम्पनीको पक्षमा उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं– पाटन उच्च अदालतले रिलायन्स स्पिनिङ मिल्सको पक्षमा अन्तरिम आदेश