कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य, दुई विधेयक पारित « Khabarhub

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य, दुई विधेयक पारित


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य भएको छ। गए राति १२ बजेदेखि लागु हुने गरी चालु अधिवेशन अन्त्य भएको हो।

कुल ५४ घण्टा बसेको अधिवेशनले दुई वटा मात्र (कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक) बनाएको छ। यी दुवै विधेयक संसदबाट सर्वसम्मत रूपमा पारित भएका छन्।

विधेयकमध्ये कर्णाली प्रदेश प्रतिष्ठान विधेयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणित गरेर कानुनका रूपमा लागु भइसकेको छ। सोमवारको बैठकले पारित गरेको प्रदेश निजामती कर्मचारी विधेयक भने प्रदेश प्रमुखले प्रमाणित गरेपछि कानुनको रूपमा लागु हुनेछ।

कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, कर्णाली प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक थप छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।

प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनमा कुल ३९ बैठक बसेको सभामुख नन्द गुरुङ्गले जानकारी दिइन्। दोस्रो अधिवेशन गत जेठ १० गते सुरु भएको थियो।

दोस्रो अधिवेशनमै गत जेठ १४ गते प्रदेशसभाका मिनी संसदहरू (विषयगत समिति)ले नेतृत्व पाएका थिए। कुल ५४ घण्टा बसेको अधिवेशन मध्ये सबैभन्दा लामो २३औँ बैठक ३ घण्टा ३५ मिनेट र सबैभन्दा छोटो ३८औँ बैठक ७ मिनेट २३ सेकेन्ड बसेको थियो। यही अधिवेशनले प्रदेशको नीति तथा कार्यक्रम र बजेट पास गरेको थियो।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ७ : २२ बजे

मुलुकमा निर्वाचनको पूर्ण वातावरण बनिसकेको छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले

स्वास्थ्यमन्त्री र स्वास्थ्य क्षेत्रका दातृ निकायका प्रतिनिधिबीच भेटवार्ता  

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र

निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दबाब दिन्छौँ : प्रचण्ड 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको वातावरण

लुम्बिनीले टस जित्यो, काठमाडौंलाई पहिला ब्याटिङको निम्तो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा