महाकाली नदी किनारमा खुला बिचभलिबल हुने | Khabarhub Khabarhub

महाकाली नदी किनारमा खुला बिचभलिबल हुने


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको महाकाली नदी किनारामा एक लाख पुरस्कार राशिको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ । 

नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा पहिलोपटक प्रथम पुरुष खुला तथा भेट्रान भलिबल प्रतियोगिता यही असोज २९ गतेदेखि आयोजना हुन लागेको हो ।

आयोजकले सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी भीमदत्त नगरपालिका–१२ ऐरीस्थित भाइरल रोड छेउमा रहेको महाकाली नदीमा बिचभलिबल आयोजना गरिने जानकारी गराएको हो।

नेपाली सेनाले सैनिक–नागरिक सम्बन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित उक्त आयोजना गर्न लागेको जनाएको छ । 

प्रतियोगिता मूल आयोजक समिति संयोजक एवं भलिबल सङ्घका जिल्ला अध्यक्ष श्यामसिंह मौनीले खेलकुदको विकाससँगै यहाँका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समेत आयोजनाले बल पुग्ने बताए ।

खुलातर्फ प्रथम स्थान हासिल गर्ने टिमलाई एक लाख नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी, द्वितीय हुने टिमलाई ५० हजार र तृतीय स्थान ओगट्ने टिमलाई २५ हजार रुपैयाँ नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरिने संयोजक मौनीले जानकारी दिए । 

त्यसैगरी भेट्रान (चालीस वर्षभन्दा माथि) तर्फ पहिलो हुने टिमले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुने टिमले १० हजार नगद, ट्रफी र मेडलसहित पुरस्कार पाउने छन् । 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १० : ०५ बजे

भारतको सहयोगमा निर्मित म्याग्दीको क्याम्पस र छात्रावास हस्तान्तरण

काठमाडौं– भारत सरकारको सहयोगमा निर्मित म्याग्दी बहुमुखी क्याम्पस भवन र

 युक्रेनको कुराखोवे सहर फेरि कब्जा गरेको रूसी दाबी 

काठमाडौं– रूसले युक्रेनको पूर्वी भूभागमा रहेको दोनेत्स्क क्षेत्रको कुराखोवे सहर

इजरायलले छनोट गरेका ५ संस्थाले केयरगिभरको स्वास्थ्य परीक्षण गर्न पाउने

काठमाडौं– उच्च अदालतले पाटनले केयरगिभरका रूपमा इजरायल जानेहरूको स्वास्थ्य परीक्षण

 चीनमा भूकम्पपछि माउन्ट कोमोलाङ्मा क्षेत्र बन्द

एजेन्सी – चीनमा मंगलबार बिहान सिचाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा

डडेलधुराको आलितालमा ४८ प्रजातिका जलपन्छी

कञ्चनपुर– डडेल्धुराको आलिताल गाउँपालिका–३ स्थित आलितालमा पहिलो पटक जलपन्छी गणना