काठमाडौं र कालिकोटबाट लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

काठमाडौं र कालिकोटबाट लागूऔषधसहित ६ जना पक्राउ


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौं र कालिकोटबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।

काठमाडौको बूढानीलकण्ठ नगरपालिका ३ बूढानीलकण्ठ मन्दिर नजिकैबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ८ ग्रामसहित सोही नगरपालिका ५ विष्णुमती बस्ने सुनसरी धरान उपमहानगरपालिका १२ घर भएका २० वर्षीय सन्दिप भन्ने समिर राईलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा लागूऔषध ओसारपसारमा संलग्न रहेको खुल्न आएका अन्य २ जनालाई समेत काठमाडौं चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, कालिकोटको खाँडाचक्र नगरपालिका २ जितेगडाबाट मान्मतर्फ जाँदै गरेको भे १ च ४३९१ नम्बरको बलेरो गाडीमा सवार भारत घर भएका २५ वर्षीय अभिशेक कुमार कश्यापसहित ३ जनालाई अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ७ ग्राम १ सय ५० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरीले गाडी जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १ : ४७ बजे

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम