नेपालगञ्जमा कर्फ्यू हटाइयो « Khabarhub

नेपालगञ्जमा कर्फ्यू हटाइयो


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू हटाइएको छ । जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।

उनले शान्ति सुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यू हटाइएको उल्लेख गरे । अघिल्लो मङ्गलबार नेपालगञ्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो ।

अवस्था सामान्य बन्दै गएपछि केही दिनयता दिउँसोको समयमा निषेधाज्ञा र राति कर्फ्यू लाग्दै आएको थियो । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण परिस्थिति असहज बन्ने देखिएपछि असोज १६ गते मङ्गलबार दिउँसो १ बजेदेखि नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यू लगाइएको थियो ।

यही असोज १८ गतेदेखि दिउँसोको कर्फ्यू हटाइएको थियो भने रातिको समयमा कर्फ्यू कायमै राखिएको थियो ।

विशेष सुरक्षा योजना

बाँकेमा प्रहरीले दसैँ र तिहार पर्वका लागि विशेष सुरक्षा योजना ल्याएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेले कोहलपुर नगरपालिकास्थित बसपार्क र नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

सीमा क्षेत्र जमुनाह नाकामा समेत भारतबाट आउने नेपाली नागरिकको सहजीकरणका लागि यात्रु सहायकता कक्ष स्थापना भएको भएको छ । भारतबाट आएका केहीले गरेको गुनासो सम्बोधन गरिएको जमुनाहका वरिष्ठ प्रहरी नायब निरीक्षक मिनबहादुर विष्टले जानकारी दिए ।

प्रहरीले बसपार्क क्षेत्रमा यात्रुहरु ठगी हुने सम्भावना भएकाले त्यसमा पनि निगरानी बढाएको जानकारी दिँदै प्रनाउ डाँगीले भारतका रेल्वेस्टेसनसम्म पनि सादा पोसाकमा रहेका प्रहरीले निगरानी गरेको बताए ।

“कसरी हुन्छ नागरिककोे जीउधनको सुरक्षा गर्ने योजना हो”, उनले भने । यसबाहेक भारतसँग जोडिएका सीमा क्षेत्र नरैनापुर लगायतका क्षेत्रमा पनि प्रहरीले निगरानी बढाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  २ : ३८ बजे

त्रिचन्द्र क्याम्पसमा ‘भिक्षाम् देही’ अभियान

काठमाडौं– त्रिचन्द्र बहुमुखी क्याम्पसको पूर्वाधार विकासका लागि विद्यार्थीहरूले ‘भिक्षाम् देही’

प्रधानमन्त्रीसँगै फेरियो सिंहदरबार र बालुवाटारको दैनिकी

काठमाडौं- गत १४ चैतमा प्रधानमन्त्री नियुक्ति भएका वालेन्द्र शाहसँगै बालुवाटार

विश्वकै शक्तिशाली नौसेनाविरुद्ध प्रतिकार गर्न इरानसँग कुनै शक्ति बाँकी छैन : युद्धमन्त्री हेगसेथ

काठमाडौं- अमेरिकी युद्धमन्त्री पिट हेगसेथले स्ट्रेट अफ हर्मुजमा अमेरिकाको नियन्त्रण

सडक मानवमुक्त अभियान सुरु, पहिलो दिन ९ जनाको उद्धार

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडक आश्रित सहयोगापेक्षी मानवमुक्त सहर बनाउने अभियान

शिक्षाको सुधारका लागि मन्त्रीसमक्ष सुझाव पेस

काठमाडौं– प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको शिक्षा प्रणालीमा देखिएका संरचनात्मक,