शिक्षामा समानता खोज्दै नाटक ‘कालो अक्षर, रातो अक्षर’ « Khabarhub

शिक्षामा समानता खोज्दै नाटक ‘कालो अक्षर, रातो अक्षर’


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शिक्षामा देखिएको वर्गीय खाडल चिर्न गरिएको विद्यार्थी आन्दोलनको अगुवाइ गर्ने दुई नेताहरु चिया पसलमा आन्दोलनमा देखिएका समस्या र यसको गन्तव्यबारे समीक्षा गरिरहेका हुन्छन् । विद्यार्थी नेतृत्वमै अन्तरद्वन्द्व पैदा हुने तथा राजनीतिक नेतृत्व र स्वार्थ समूहले विद्यार्थी सङ्गठनमा ‘फुटाउ र राज गर’ को नीति लाद्ने कार्य गरिरहेको सन्दर्भलाई कसरी सामना गर्ने भन्ने चिन्ता उनीहरुको थियो ।

जस्तोसुकै समस्या परे पनि आफूहरुले अन्तिमसम्म शैक्षिक असमानताविरुद्धको लडाइँ नछाड्ने अठोट व्यक्त गरिएका कुराकानी सुनिरहेकी चिया पसल सञ्चालक दिदीले गहभरी आँशु पारेर सोध्छिन्, “बाबु, अर्को छोरो पनि पढ्नका लागि विदेश जान्छु भन्छ, कुन देश पठाउने होला ? के हाम्रा छोराछोरी पढाउन नेपालमै कुनै कलेज छैनन् ? तिनीहरु यहीँ पढेर यहीँ जागिर गरेर बाबुआमालाई हेर्न सक्दैनन् ?”

ग्राहकका लागि चिया उमाल्दा उमाल्दै आफ्नो जीवन नै उम्लिसकेको बोध सुनाउँदै ती चिया बेच्ने दिदीले गम्भीर प्रश्नहरु तेस्र्याएपछि विद्यार्थी नेताहरु नाजवाफ हुन्छन् । यही असामानताको विरोधमा आन्दोलन गरिरहेका विद्यार्थी नेताहरुसँग यसको चित्तबुझ्दो जवाफ हुँदैन । उनीहरुसँग एउटै सङ्कल्प छ, ‘‘शिक्षामा भइरहेको विभेद् र माफियाकरण अन्त्य हुनुपर्छ । त्यसका लागि एक्लै भए पनि लड्न छाडिँदैन ।’’

शिक्षामा धनी र गरिबबीचको समानताको सन्देशसहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले निर्माण गरेको नाटक ‘कालो अक्षर, रातो अक्षर’ ले शैक्षिक असमानता र बेथितिका यस्ता अनगिन्ती प्रश्न उजागर गर्दै यथार्थ स्थितिको चित्रण गरेको छ । नेपालको संविधानको मौलिक हकमा माध्यमिक तहसम्म निःशुल्क भनिए पनि सार्वजनिक विद्यालय गुणस्तर कमजोर हुने र निजी विद्यालयमा महँगो शुल्क लाग्ने गरेका कारण अभिभावक र विद्यार्थी मारमा परेको तथा शैक्षिक जनशक्ति बेरोजगार भई विदेश पलायन हुनुपरेको पीडा नाटकमा देखाइएको छ ।

नाटकमा शैक्षिक व्यापारिक र स्वार्थ समूहसँग मिलेर राजनीतिक नेतृत्वले शैक्षिक समानताको आन्दोलन दबाउन खलनायकको भूमिका निर्वाह गर्दा विद्यार्थी र युवा छाउने निराशा, कुण्ठा र आक्रोसलाई अभिव्यक्ति गरिएको छ ।

विद्यार्थी कार्यकर्ता आन्दोलनमा प्रहरीको दमन खेपेर जीवन मरण र घाइतेसम्म भएका छन् । स्वार्थ समूह भने कसरी आन्दोलन निस्तेज पार्ने र राजनीतिक नेतृत्वलाई प्रयोग गरेर आफू अनुकूलका शैक्षिक नीति ल्याउन लगाउने भन्नेमा तानाबाना बुनिरहेको हुन्छ ।

स्वार्थ समूहले पैसा भएमा जे पनि हुन्छ भन्ने धाक दिँदै राजनीतिक नेतृत्व आन्दोलनकारीलाई मिलाउन वा ठीक पार्न थैली बुझाएर दबाब दिइरहेका हुन्छन् । तर विद्यार्थी आन्दोलन त्यस्ता धम्कीबाट गल्दैन । एउटा मरेर आन्दोलन मर्दैन, आन्दोलनमा अरु यात्रीहरु थपिनेछन् भन्ने भावको गीत गाएर विद्यार्थीहरुले क्रान्तिको मुठ्ठी कस्छन् ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालको परिकल्पना, आरके थोमसको लेखन र दिलीप खड्काको निर्देशन रहेको सो नाटकले शैक्षिक क्षेत्रका बेथितिविरुद्ध आवाज बुलन्द गर्दै बक्स थिएटरका माध्यमबाट नयाँ शिराको आन्दोलनको सन्देश दिएको अध्यक्ष बडालले बताए ।

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा यही असोज १७ गतेदेखि असोज २७ गतेसम्म दिन साँझ प्रदर्शनमा राखिएको सो नाटक राजनीतिक दलका नेता, विद्यार्थी नेता, शिक्षाकर्मी, पेसाकर्मीले रुचिपूर्वक हेरिरहेका छन् । नाटकमा अनुप न्यौपाने, अजय लामा, दिपेश काफ्ले, बालकृष्ण रिजाल, मिलन कार्की, योगिन राई, रेनुनाथ योगी, रमिला मोक्तान, सङ्गीता थापा, सञ्जिव राई, सुजैन सिलवाल, सुदिप खतिवडा, शान्ता राई कलाकारहरु छन् ।

सो सङ्गठनका उपाध्यक्ष नारायण घर्तीका अनुसार हालसम्म नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेताहरु गोकुल बाँस्कोटा, महेश बस्नेत, कैलाश ढुङ्गेल, रमेश पौडेल, अनेरास्ववियुका पूर्वअध्यक्ष खिमलाल भट्टराई, नवीना लामा, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चाकुमारी सिंहलगायतका विद्यार्थी नेताहरुसमेत गरी करिब एक हजार पाँच सयभन्दा बढीले नाटक हेरिसकेका छन् । उपाध्यक्ष घर्तीले चाडपर्वपछि नाटकलाई प्रदेशस्तरमा पनि प्रदर्शनको योजना रहेको जानकारी दिए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ३ : २५ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री