स्थानीय तहका कर्मचारीको प्रदर्शन मंगलबार पनि जारी | Khabarhub Khabarhub

स्थानीय तहका कर्मचारीको प्रदर्शन मंगलबार पनि जारी


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्थानीय तहका कर्मचारीहरुले मंगलबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

संघीय निजामती विधेयकको विरोध गर्दै स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले काठमाडौंमा विरोधका कार्यक्रमलाई निरन्तरता दिएका हो । संघर्ष समितिले माइतिघरबाट नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको थियो । संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने उनीहरुको माग छ ।

त्यस्तै, स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने, निजामतीको परिभाषाभित्र स्थानीय कर्मचारीलाई पनि समेटिनुपर्ने उनीहरुले जनाएका छन् ।

त्यस्तै, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने लगाएतका आफुहरुको माग रहेको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिले विना सहमति ७५३ स्थानीय तहमा वैज्ञानिक पुर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गरिनु पर्ने, जुन सुकै तहमा बहाल रहेको कर्मचारीलाई तिनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनु पर्ने, स्थानीय सेवाका कर्मचारीहरूलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनुपर्ने उनीहरुको माग छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ५ : १७ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा