मातृभाषाका शिक्षकको दरबन्दी राख्न माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र | Khabarhub Khabarhub

मातृभाषाका शिक्षकको दरबन्दी राख्न माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आदिवासी जनजातिलगायत जातीय संस्थाहरूले शिक्षा विधेयकबाट विद्यालयमा मातृभाषाको शिक्षक दरबन्दी राख्ने व्यवस्था गर्न माग गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै उनीहरूले विधेयकमा मागहरु समावेश गर्न आग्रह गरेका हुन् । शिक्षाको धारमा आदिवासी ज्ञान शिक्षाको धार पनि थप गर्न माग गरिएको छ ।

संसद्‌मा विचाराधीन विधेयकमा साधारण, प्राविधिक र परम्परागत धार हुने उल्लेख छ । ज्ञापनपत्रमा परम्परागत धारमा व्यवहारमा अध्ययन/अध्यापन भइरहेको ‘मुन्धुम/मुन्दुम/मुक्दुम’ शिक्षा समावेश गर्न माग गरिएको छ ।

शिक्षकले पाउने चाडपर्व खर्च आ–आफ्ना चाडपर्वमा लिन पाउने व्यवस्था गर्न भनिएको छ । जातीय संस्थाहरुले संविधान र संघीयताको मर्मअनुसार मात्रै शिक्षा विधेयक अघि बढाउन पनि सांसदहरुलाई आग्रह गरेका छन् । जिल्ला शिक्षा कार्यालय पुनःस्थापना गर्न नहुने ती संस्थाहरूको माग छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ६ : २० बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा