मातृभाषाका शिक्षकको दरबन्दी राख्न माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र « Khabarhub

मातृभाषाका शिक्षकको दरबन्दी राख्न माग गर्दै शिक्षामन्त्रीलाई ज्ञापनपत्र


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आदिवासी जनजातिलगायत जातीय संस्थाहरूले शिक्षा विधेयकबाट विद्यालयमा मातृभाषाको शिक्षक दरबन्दी राख्ने व्यवस्था गर्न माग गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै उनीहरूले विधेयकमा मागहरु समावेश गर्न आग्रह गरेका हुन् । शिक्षाको धारमा आदिवासी ज्ञान शिक्षाको धार पनि थप गर्न माग गरिएको छ ।

संसद्‌मा विचाराधीन विधेयकमा साधारण, प्राविधिक र परम्परागत धार हुने उल्लेख छ । ज्ञापनपत्रमा परम्परागत धारमा व्यवहारमा अध्ययन/अध्यापन भइरहेको ‘मुन्धुम/मुन्दुम/मुक्दुम’ शिक्षा समावेश गर्न माग गरिएको छ ।

शिक्षकले पाउने चाडपर्व खर्च आ–आफ्ना चाडपर्वमा लिन पाउने व्यवस्था गर्न भनिएको छ । जातीय संस्थाहरुले संविधान र संघीयताको मर्मअनुसार मात्रै शिक्षा विधेयक अघि बढाउन पनि सांसदहरुलाई आग्रह गरेका छन् । जिल्ला शिक्षा कार्यालय पुनःस्थापना गर्न नहुने ती संस्थाहरूको माग छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ६ : २० बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र