स्वास्थ्य, शिक्षा र पूर्वाधारको क्षेत्रमा दातृ निकायको सहयोग आवश्यक : मुख्यमन्त्री पाण्डे | Khabarhub Khabarhub

स्वास्थ्य, शिक्षा र पूर्वाधारको क्षेत्रमा दातृ निकायको सहयोग आवश्यक : मुख्यमन्त्री पाण्डे


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य, शिक्षा र पूर्वाधारको क्षेत्रमा दातृ निकायको सहयोग आवश्यक भएको बताएका छन् । नेपालका लागि जापानी राजदूत किकुता युताकासँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा मुख्यमन्त्री पाण्डेले प्रदेशको स्रोतसाधनले मात्रै सबै काम गर्न सम्भव नभएको तथा भौगौलिक विकटताका कारण पनि पूर्वाधार निर्माण खर्चिलो भएको बताए । विभिन्न देश र दातृ निकायको सहकार्यमा प्रदेशभित्र सबै ठाउँमा विकासको गति सँगसँगै लैजानुपने उल्लेख गर्दै उनले नेपालमा जापान सरकारले गरेका सहयोगको स्मरण गरे ।

नेपाल र जापानको लामो समयदेखि मित्रवत सम्बन्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले २०७२ सालको भूकम्पपछिको पुनःनिर्माण, विद्यालय निर्माणलगायत काममा जापान सरकारले महत्वपूर्ण सहयोग गरेको बताए । जापान सरकार र मातहतका दातृसंस्थाले स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको भन्दै उनले गण्डकी प्रदेश सरकारको ‘हर्ट हस्पिटल’ बनाउने योजनामा सहकार्य आवश्यक रहेकामा जोड दिए ।

विपद्को सामना गर्दै अघि बढेको जापानबाट नेपालले विपद् पूर्वतयारी र त्यसपछिको पुनःनिर्माण सिक्न आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले भूकम्प, बाढीपहिरो जस्ता विपद्को क्षेत्रमा सहकार्यको अपेक्षा रहेको धारणा राखे । त्यस अवसरमा राजदूत युताकाले जापान सरकार र यस अन्तर्गतका दातृनिकायले नेपालमा निरन्तर गर्दै आएको सहयोग आगामी दिनमा पनि जारी रहने बताए । उनले गण्डकी प्रदेश सरकारसँग सहकार्य हुने मुख्यमन्त्री पाण्डेलाई विश्वास दिलाए ।

जापान सरकारले नेपालसँग दिगो सम्बन्ध राख्न चाहेको उनको भनाइ थियो । भेटघाटमा मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव लक्ष्मी बस्नेत, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटा, प्रदेश सचिव बद्रीनाथ अधिकारी, निजी सचिव राजेन्द्र क्षेत्रीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ७ : ४९ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार