भ्रष्टाचारको अभियोगमा तीन कर्मचारी पक्राउ « Khabarhub

भ्रष्टाचारको अभियोगमा तीन कर्मचारी पक्राउ


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

झापा – झापामा भ्रष्टाचारको अभियोगमा तीन कर्मचारी पक्राउ परेका छन् । भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि झापाको हल्दिबारीमा खटिएका राष्ट्रिय भूमि आयोगमा कार्यरत तीनैजनालाई आज प्रहरीले पक्राउ गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार आयोगबाट काजमा खटिएका भूमि आयोगका कर्मचारी मोहन नेपाल, विवेक पोखरेल र कमल खनाललाई पक्राउ गरिएको हो । हल्दिबारी–१ का गणेशप्रसाद पौडेलको भोगचलनमा रहेको १२ कठ्ठा ऐलानी जग्गाको मोठ कायम गरिदिने भन्दै घुसवापत रु ४० हजार रकम लिएको आरोपमा तीनैलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रजिअ पोखरेलका अनुसार जग्गाको नापी गर्दा लाग्ने राजस्व रकम बैंकमा बुझाउन लगाएपछि आयोगका ती कर्मचारीले रु ४० हजार नगद नै लिएका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले रकमसहित पक्राउ गरेको हो । पीडित पौडेलले घुस लिएका कर्मचारीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिए। प्रहरीले पक्राउ परेका सबै कर्मचारीको बयान लिएर अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ८ : १३ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा