एनआरएनए सचिवमा होमनाथ शर्माको उम्मेदवारी घोषणा | Khabarhub Khabarhub

एनआरएनए सचिवमा होमनाथ शर्माको उम्मेदवारी घोषणा


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दोहा – गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को (२०२३–०२५) को लागि सचिव पदमा कतार निवासी होमनाथ शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

मध्यपूर्वको देश कतारमा करिब साढे दुई दशकदेखि रोजगार तथा व्यवसाय गर्दै आइरहेका उनले ूसुरक्षित वैदेशिक रोजगार र सामूहिक एकता, नयाँ ऊर्जा सहित एनआरएनएमा मेरो उम्मेदवारीताू भन्ने नारा सहित सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

बागलुङ नगरपालिका वार्ड १३ पैयूँपाटामा जन्मिएका शर्मा कतारलाई आफ्नो कर्मथलो बनाइरहँदा गैर आवासीय नेपाली अभियानमा सन् २००३ देखि सक्रिय छन् । कतारको एनसीसीमा सन् २००६ मा कार्यसमितिमा रही सङ्घसंस्था समन्वय समिति, २००९ मा अध्यक्ष पदका उपविजेता २०११–१३मा सल्लाहकार, २०१७– १९ मा पुन सल्लाहकार भएर काम गरेका छन्
ि
२०१९र२१ मा आइसिसी सदस्य, २०२१र२३ सह(कोषाध्यक्ष भएका शर्मा अब मध्यपूर्वको प्रतिनिधित्व गर्दै सङ्घको सचिवमा रहेर कार्यसम्पादन गर्ने योजनामा छन् । अन्तर्राष्ट्रिय बागलुङ समाजका संस्थापक अध्यक्ष रहेका शर्मा गण्डकी प्रदेश समन्वय परिषद् र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाका सल्लाहकार समेत हुन ।

सामाजिक संस्थामा रहेर लामो समय बिताएका उनले सुरक्षित र मर्यादित वैदेशिक रोजगार, सामाजिक सुरक्षा कोषको सदुपयोग, विदेशमा सिकेको ज्ञान, सिप र आर्जेको धनको स्वदेशमा सदुपयोग, समृद्ध नेपाल को परिकल्पना, खस्किएको सङ्घको साखलाई सुधार्दै आम रूपमा दिगो एकता सहितको स्मार्ट एनआरएनएमा विशेष काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

श्रमिकलाई प्रत्यक्ष हित हुनेगरि सहयोग र उद्धार, एनआरएनएको परिभाषा भित्र पर्ने सबै नेपालीलाई निःशुल्क सदस्यता , निःशुल्क डेलिगटेस लगायतका मुद्दामा घनिभूत काम गर्ने चाहना व्यक्त गर्दै विश्वभरका नेपालीहरूको साथ सहयोग हुन्छ भन्नेमा विश्वस्त रहेको बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ८ : २१ बजे

रुस-उत्तर कोरिया सीधा हवाई उडान सुरु

मस्को- रुस र उत्तर कोरियाबीच सीधा हवाई उडान सुरु भएको

प्रचारप्रसार अभावले ओझेलमा रिकुका होमस्टे

दोलखा– स्थानीय उत्पादन र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखेर दुई

गण्डकीमा छ सय बढीमा डेङ्गी सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशमा गत पुसयता छ सय नौ जनामा डेङ्गी

सार्वजनिक निकायले पारदर्शी भएर सेवा प्रवाह गर्नुपर्नेमा जोड

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सुशासन पहिलो

बीपीको प्रशंशामा ओलीको वक्तव्य : क्षणिक स्वार्थमा मिल्नेको ‘राजनीतिक दीर्घ जीवन’ हुँदैन

काठमाडौं – प्रधान केपी शर्मा ओलीले आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित