एनआरएनए सचिवमा होमनाथ शर्माको उम्मेदवारी घोषणा « Khabarhub

एनआरएनए सचिवमा होमनाथ शर्माको उम्मेदवारी घोषणा


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

दोहा – गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को (२०२३–०२५) को लागि सचिव पदमा कतार निवासी होमनाथ शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।

मध्यपूर्वको देश कतारमा करिब साढे दुई दशकदेखि रोजगार तथा व्यवसाय गर्दै आइरहेका उनले ूसुरक्षित वैदेशिक रोजगार र सामूहिक एकता, नयाँ ऊर्जा सहित एनआरएनएमा मेरो उम्मेदवारीताू भन्ने नारा सहित सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

बागलुङ नगरपालिका वार्ड १३ पैयूँपाटामा जन्मिएका शर्मा कतारलाई आफ्नो कर्मथलो बनाइरहँदा गैर आवासीय नेपाली अभियानमा सन् २००३ देखि सक्रिय छन् । कतारको एनसीसीमा सन् २००६ मा कार्यसमितिमा रही सङ्घसंस्था समन्वय समिति, २००९ मा अध्यक्ष पदका उपविजेता २०११–१३मा सल्लाहकार, २०१७– १९ मा पुन सल्लाहकार भएर काम गरेका छन्
ि
२०१९र२१ मा आइसिसी सदस्य, २०२१र२३ सह(कोषाध्यक्ष भएका शर्मा अब मध्यपूर्वको प्रतिनिधित्व गर्दै सङ्घको सचिवमा रहेर कार्यसम्पादन गर्ने योजनामा छन् । अन्तर्राष्ट्रिय बागलुङ समाजका संस्थापक अध्यक्ष रहेका शर्मा गण्डकी प्रदेश समन्वय परिषद् र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कतार शाखाका सल्लाहकार समेत हुन ।

सामाजिक संस्थामा रहेर लामो समय बिताएका उनले सुरक्षित र मर्यादित वैदेशिक रोजगार, सामाजिक सुरक्षा कोषको सदुपयोग, विदेशमा सिकेको ज्ञान, सिप र आर्जेको धनको स्वदेशमा सदुपयोग, समृद्ध नेपाल को परिकल्पना, खस्किएको सङ्घको साखलाई सुधार्दै आम रूपमा दिगो एकता सहितको स्मार्ट एनआरएनएमा विशेष काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

श्रमिकलाई प्रत्यक्ष हित हुनेगरि सहयोग र उद्धार, एनआरएनएको परिभाषा भित्र पर्ने सबै नेपालीलाई निःशुल्क सदस्यता , निःशुल्क डेलिगटेस लगायतका मुद्दामा घनिभूत काम गर्ने चाहना व्यक्त गर्दै विश्वभरका नेपालीहरूको साथ सहयोग हुन्छ भन्नेमा विश्वस्त रहेको बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ८ : २१ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्