इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा दीप प्रज्वलन | Khabarhub Khabarhub

इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा दीप प्रज्वलन


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इजरायलमा अध्ययन गरी फर्केका नेपालीहरूको सङ्गठन सलोम क्लब नेपालले गत शनिबार इजरायलमा आतङ्ककारी सङ्गठन हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्झनामा बौद्धनाथ स्तुपमा दीप प्रज्वलन गरेको छ ।

क्लबका कार्यवाहक अध्यक्ष कपिलदेव रेग्मीलगायत क्लबका पदाधिकारी, साधारण सदस्य तथा इजरायलका मित्रहरूको सहभागितामा भएको उक्त कार्यक्रममा सयौँले एक मिनेट मौन धारण गरेका थिए ।

उक्त आक्रमणमा ज्यान गुमाएका नेपालीका साथै इजरायलीलगायत सबैको आत्माको चिरशान्तिको कामना गरिएको थियो । नेपालका शैक्षिक प्रतिष्ठानमा स्वयंसेवा गर्न आएका इजरायली विद्यार्थीको पनि कार्यक्रममा सहभागिता थियो ।

यसैबीच, क्लबले एक विज्ञप्ति निकालेर आतङ्कवादी हमलाको निन्दा गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि तथा उनीहरूका परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ८ : ४२ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास