अफगान शरणार्थीलाई स्वदेश फर्किन पाकिस्तानले अल्टिमेटम दिएको भन्दै राष्ट्रसंघको आपत्ति | Khabarhub Khabarhub

अफगान शरणार्थीलाई स्वदेश फर्किन पाकिस्तानले अल्टिमेटम दिएको भन्दै राष्ट्रसंघको आपत्ति


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानले मुलुकमा रहेका १० लाख अफगान शरणार्थीलाई स्वदेश फर्किन अल्टिमेटम दिएको भन्दै संयुक्त राष्ट्रसंघले आपत्ति जनाएको छ ।

राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त कार्यालयका प्रवक्ता कैसर खान अफ्रिदीले पाकिस्तानले आफ्नो मुलुकमा बसोबास गरिरहेका अफगान शरणार्थीलाई देश छाड्नका लागि आगामी नोभेम्बर १ सम्मको अल्टिमेटम दिएको भन्दै आपत्ति जनाएका हुन् ।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार सुरक्षाको प्रत्याभूतिका लागि कसैको करकापमा नभई स्वेच्छाले मात्रै शरणार्थीहरु स्वदेश फर्किनसक्ने प्रवक्ताको भनाइ छ ।

‘हामीले कागजातविहीन अफगानहरुलाई स्वदेश फर्काउने चिन्ताजनक समाचार पाइरहेका छौँ ।’ प्रवक्ता अफ्रिदीलाई उद्धृत गर्दै एएनआईले जनाएको छ, ‘यसबारे हामी सरकारी साझेदारहरुसँग अझ स्पष्ट हुन चाहन्छौँ ।’

पाकिस्तानले विगत ४० वर्षदेखि अफगान शरणार्थीलाई स्वागत गरिरहेको भन्दै उनले उनीहरुको सुरक्षाका लागि संयन्त्रको व्यवस्था गर्नसमेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १२ : ४० बजे

एनसेलको शेयर खरिदबिक्रीबारे लेखा समितिले आज छलफल गर्ने

काठमाडौँ– संसदको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिदबिक्री

अराजकता हटाउन एमालेको जागरण अभियान

नेकपा (एमाले)ले यतिबेला सिङ्गो मुलुकलाई सामाजिक सद्भावका साथ राष्ट्रिय एकतामा

स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

काभ्रेपलाञ्चोक– प्रहरीले काभ्रेको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री दाहाल अस्पतालमा

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको

अझ बलियो बन्दै बिजेपी

भारतमा हालै भएको निर्वाचनमा तीन राज्यमा भारतीय जनता पार्टी (बिजेपी)