अफगान शरणार्थीलाई स्वदेश फर्किन पाकिस्तानले अल्टिमेटम दिएको भन्दै राष्ट्रसंघको आपत्ति « Khabarhub

अफगान शरणार्थीलाई स्वदेश फर्किन पाकिस्तानले अल्टिमेटम दिएको भन्दै राष्ट्रसंघको आपत्ति


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानले मुलुकमा रहेका १० लाख अफगान शरणार्थीलाई स्वदेश फर्किन अल्टिमेटम दिएको भन्दै संयुक्त राष्ट्रसंघले आपत्ति जनाएको छ ।

राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त कार्यालयका प्रवक्ता कैसर खान अफ्रिदीले पाकिस्तानले आफ्नो मुलुकमा बसोबास गरिरहेका अफगान शरणार्थीलाई देश छाड्नका लागि आगामी नोभेम्बर १ सम्मको अल्टिमेटम दिएको भन्दै आपत्ति जनाएका हुन् ।

भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार सुरक्षाको प्रत्याभूतिका लागि कसैको करकापमा नभई स्वेच्छाले मात्रै शरणार्थीहरु स्वदेश फर्किनसक्ने प्रवक्ताको भनाइ छ ।

‘हामीले कागजातविहीन अफगानहरुलाई स्वदेश फर्काउने चिन्ताजनक समाचार पाइरहेका छौँ ।’ प्रवक्ता अफ्रिदीलाई उद्धृत गर्दै एएनआईले जनाएको छ, ‘यसबारे हामी सरकारी साझेदारहरुसँग अझ स्पष्ट हुन चाहन्छौँ ।’

पाकिस्तानले विगत ४० वर्षदेखि अफगान शरणार्थीलाई स्वागत गरिरहेको भन्दै उनले उनीहरुको सुरक्षाका लागि संयन्त्रको व्यवस्था गर्नसमेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १२ : ४० बजे

झलनाथको पहिलो क्याबिनेट बैठकको निर्णय थियो नागढुंगा सुरुङमार्ग

काठमाडौं– सोमबार एक औपचारिक समारोहका बीच लामो समयदेखिको प्रतिक्षित नागढुंगा–सिस्नेखोला

व्यायाम : समय नभएको की प्राथमिकतामा नपरेको ?

काठमाडौं– आजकाल धेरै मानिसहरू ‘समय छैन’ भन्ने गुनासो गरिरहेका भेटिन्छन्

कारबाहीमा परे पीआर लिएका दुई अधिकृत, सरकारी सेवामा अयोग्य हुने गरि निकालिँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

विद्यार्थीको नारा : ज्ञानमा ताल्चा हानेर देश बन्छ ? (तस्बिरहरू)

काठमाडौं– बन्द रहेको सार्वजनिक पुस्तकालय पुनः खोल्न र सार्वजनिक पुस्तकालय

जेठमै कुटिएका थिए अशोक दर्जी, घटनाबारे के भन्छ प्रहरी ?

काठमाडौं – बाल गायक अशोक दर्जीमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक