उद्धारको पर्खाइमा रहेका नेपालीको गुनासो– ‘दूतावासमा फोन गर्दा पैसा कस्ले तिर्छ भन्छन्’ « Khabarhub

उद्धारको पर्खाइमा रहेका नेपालीको गुनासो– ‘दूतावासमा फोन गर्दा पैसा कस्ले तिर्छ भन्छन्’


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हमासको आक्रमणपछि इजरायलमा रहेका विद्यार्थीहरूले आफूलाई तत्काल उद्धार गर्न माग गरेका छन् । मंगलबार भिडियोमार्फत विद्यार्थीहरुले आफूहरु नेपाल फर्कन चाहेको भन्दै तत्काल उद्धार गर्न माग गरेका हुन् ।

उनीहरुले भनेका छन्, ‘हामी यहाँ खाना पाएका छौँ, बस्न पाएका छौँ। तर कति बेला माथिबाट आक्रमण गर्छ भन्ने पत्तो छैन । नेपाल सरकारले रेस्क्यु गरे हामीलाई राम्रो हुन्थ्यो । सरकार मिटिङ भन्दा पनि उद्धारको कार्य तत्काल अगाडी बढाओस । यहाँ अरु देशले आक्रमण गर्दैछ भन्ने हामीले सुनेका छौं। यसले हामीलाई थप त्रसित बनाइरहेको छ ।’

साथै उनीहरुले उद्धारका लागि नेपाली दूतावासमा फोन गर्दा पैसा कस्ले तिर्छ भन्ने जवाफ आएको गुनासो गरे । उनीहरुले उद्धार गर्न आवश्यक रकम सरकारले जुटाउन नसक्ने भए आफूहरुले जुटाउने समेत बताएका छन् ।

‘दूतावासमा फोन गर्दा पैसाको जिम्मा कस्ले लिने भन्ने जवाफ आयो । हामी पैसा तिर्न तयार छौँ । सरकारले पैसाको जिम्मा लिन सक्दैन भनोस् । हामी घरपरिवारलार्ई पैसाको जोहो गर्न भन्छौ,’ विद्यार्थीहरुको गुनासो छ ।

शनिबारदेखि कट्टरपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा त्यहाँको अवस्था तनावपूर्ण बनेको छ । उक्त आक्रमण परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । भने चार जना घाइते भएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ९ : १३ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४