उद्धारको पर्खाइमा रहेका नेपालीको गुनासो– ‘दूतावासमा फोन गर्दा पैसा कस्ले तिर्छ भन्छन्’ « Khabarhub

उद्धारको पर्खाइमा रहेका नेपालीको गुनासो– ‘दूतावासमा फोन गर्दा पैसा कस्ले तिर्छ भन्छन्’


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हमासको आक्रमणपछि इजरायलमा रहेका विद्यार्थीहरूले आफूलाई तत्काल उद्धार गर्न माग गरेका छन् । मंगलबार भिडियोमार्फत विद्यार्थीहरुले आफूहरु नेपाल फर्कन चाहेको भन्दै तत्काल उद्धार गर्न माग गरेका हुन् ।

उनीहरुले भनेका छन्, ‘हामी यहाँ खाना पाएका छौँ, बस्न पाएका छौँ। तर कति बेला माथिबाट आक्रमण गर्छ भन्ने पत्तो छैन । नेपाल सरकारले रेस्क्यु गरे हामीलाई राम्रो हुन्थ्यो । सरकार मिटिङ भन्दा पनि उद्धारको कार्य तत्काल अगाडी बढाओस । यहाँ अरु देशले आक्रमण गर्दैछ भन्ने हामीले सुनेका छौं। यसले हामीलाई थप त्रसित बनाइरहेको छ ।’

साथै उनीहरुले उद्धारका लागि नेपाली दूतावासमा फोन गर्दा पैसा कस्ले तिर्छ भन्ने जवाफ आएको गुनासो गरे । उनीहरुले उद्धार गर्न आवश्यक रकम सरकारले जुटाउन नसक्ने भए आफूहरुले जुटाउने समेत बताएका छन् ।

‘दूतावासमा फोन गर्दा पैसाको जिम्मा कस्ले लिने भन्ने जवाफ आयो । हामी पैसा तिर्न तयार छौँ । सरकारले पैसाको जिम्मा लिन सक्दैन भनोस् । हामी घरपरिवारलार्ई पैसाको जोहो गर्न भन्छौ,’ विद्यार्थीहरुको गुनासो छ ।

शनिबारदेखि कट्टरपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा त्यहाँको अवस्था तनावपूर्ण बनेको छ । उक्त आक्रमण परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । भने चार जना घाइते भएका थिए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ९ : १३ बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको