मुगु सामूहिक हत्या घटनामा दुईजना पक्राउ, प्रहरीले आज सार्वजनिक गर्दै « Khabarhub

मुगु सामूहिक हत्या घटनामा दुईजना पक्राउ, प्रहरीले आज सार्वजनिक गर्दै


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यही कार्तिक १० गते मुगुको छायाँनाथ रारा नगरपालिकामा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार सुर्खेतबाट पक्राउ गरेका ती व्यक्तिको बारेमा केही खुलाएको छैन ।

पक्राउ पर्नेमा एक जना मृतकका मामाको छोरा तथा अर्का छिमेकी गाउँको रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । प्रहरीले आज उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।

सो घटना अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोली आइतबार मुगु गएको थियो ।

उक्त घटनामा २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहरको हत्या भएको थियो । उनीहरूलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ। 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ७ : २६ बजे

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका

लगनखेलको न्हु पोखरीसँग पार्क बन्ने

ललितपुर- ललितपुर महानगर वडा नं.५ लगनखेलस्थित न्हु पोखरीसँगैको खाली जमिनमा