गाजाको शरणार्थी शिविरमा इजरायली हमला, १४ जनाको मृत्यु « Khabarhub

गाजाको शरणार्थी शिविरमा इजरायली हमला, १४ जनाको मृत्यु


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

गाजापट्टी– इजरायली सेनाको आक्रमणपछि कब्जा गरिएको वेस्ट बैंकको शरणार्थी शिविर, जेनिनमा कम्तिमा १४ प्यालेस्टाइनीको मृत्यु भएको थियो।

प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमण अघि बिहीबार प्यालेस्टिनी समुहसँग झडप भएको थियो । मृतकहरू सर्वसाधारण वा विद्रोही हुन् भन्ने अझै खुल्न सकेको छैन ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार आतंकवादी पूर्वाधारलाई विफल पार्न र एक व्यक्तिको घर ध्वस्त पार्न जेनिनमा छापा मारेको थियो । जसले अगस्ट ३१ मा १ इजरायली सिपाहीको हत्या गरिएको थियो ।

इजरायली सेनाको रेडियो, आईडीएफ र प्रत्यक्षदर्शीहरूले समाचार संस्था सीएनएनलाई जनाएअनुसार इजरायली सेनाले झडपपछि कम्तिमा एउटा ड्रोन हमला पनि गरेको थियो ।

आईडीएफ र प्रत्यक्षदर्शीद्वारा सिएनएनलाई प्राप्त भिडियोहरूले शहरमा भारी सैन्य उपस्थिति चित्रण गरेको छ । प्यालेस्टाइनी विद्रोही र इजरायली सेनाले गोली चलाएको सुनिन्छ। कम्तिमा एक दर्जन बख्तरबंद गाडीहरू सहरका सडकहरूमा देख्न सकिन्छ । र, सशस्त्र बुल डोजरहरू सडक र घर भत्काउँदैछन्सीएनएनले प्राप्त गरेको भिडियोमा अपरेशन पछि शिविरमा पर्चाहरू खसालिएको समेत देखाइएको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १० : २८ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका