ऐतिहासिक हर्सिङडाँडामा पर्यटक बढे « Khabarhub

ऐतिहासिक हर्सिङडाँडामा पर्यटक बढे


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

लमजुङ– राष्ट्रिय विभूति भक्ति भापाले बालापनमा गाईबस्तु चराएको हर्सिङडाँडामा पछिल्लो समय पर्यटकको सङ्ख्या बढेको छ । लमजुङ मर्स्याङ्दी गाउँपालिका–३ हर्सिङडाँडासम्म पुग्ने बाटो राम्रो भएको र यसबारे प्रचार-प्रसार हुन थालेसँगै पर्यटकको वृद्धि हुन थालेको हो ।

विगतमा सुनसानजस्तै हुने यहाँ यतिबेला दैनिक ४० देखि एक सय जनासम्म  पर्यटक आउने गरेको स्थानीय पर्यटन व्यवसायी पूर्णबहादुर गुरुङले बताए । उनले भने, ‘विगतमा ओझेलमा पर्दै आए पनि केही समयदेखि भने पर्यटक घुम्न तथा बास बस्ने गरेर आउने गरेका छन् ।’ विस्तारै मौसम राम्रो हुँदै गएको र बाटोसमेत राम्रो भएकाले पर्यटक वृद्धि हुने स्थानीय सुरज गुरुङले बताए।

यस स्थानमा चार युवा मिलेर खाना र बस्नका लागि पूर्वाधार निर्माण गरेपछि पर्यटक आगमनमा बढेको हो । पूर्णबहादुर गुरुङ, सुमन गुरुङ, सुरज गुरुङ र इन्द्रबहादुर गुरुङ गरी चार जना युवा मिलेर ११ लाख लगानीमा खाना–बस्नका लागि ३५ जनासम्म अट्ने हल निर्माण गरेका छन् । यहाँ आउने पर्यटकलाई अर्ग्यानिक खानाखाजा दिने गरिएको छ ।

यस डाँडाबाट मस्र्याङ्दी गाउँपालिकाको पर्यटकीय गाउँ सिउरुङ, ढङ्गै, भुस्मे, घनपोखरालगायत अधिकांश ठाउँ घाउँ देखिन्छ । त्यस्तै दक्षिण एसियाकै नमूना घलेगाउँडाँडा, कल्मेडाँडा, बेँसीसहर बजार, मस्र्याङ्दी नदीको नागबेली, डा हर्क पिक हिमाल, मनास्लु रेन्स, बुद्ध हिमाललगायतका देख्न सकिन्छ । त्यस्तै तनहुँको बन्दीपुरडाँडासमेत देख्न सकिने पर्यटन व्यवसायीको भनाइ छ । यहाँ खाना बस्नका लागि एक रातको प्रतिव्यक्ति रु एक हजार लिने गरेको छ ।

यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको स्थानीयको भनाइ छ । यसै वडामा विसं १८०२ मा खुदीको ढङ्गैबेसीमा जन्मिएका भक्ति थापाको बाल्यकाल बितेको हर्सिङडाँडामा वस्तुभाउ चराउने, छेलो हान्ने गरेका थिए । हर्सिङडाँडामा गाईवस्तु चराएका भक्ति थापा विसं १९७१ मा नेपाल–अङ्ग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए । उनी लमजुङ जिल्लाको पुँवर थापा परिवारमा जन्मिएका हुन् । उनी पहिले लमजुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरैपटक युद्ध लडेको इतिहास छ ।

गोरखासँगको अन्तिम युद्धमा पराजित भई युद्धबन्दीका रूपमा काठमाडौँ पुगेको करिब एक वर्षपछि उनी नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न भएका थिए । विसं १८७८ मा ७३ वर्षको उमेरमा नेपाल अङ्ग्रेज युद्धमा देउथलको लडाइँको नेतृत्व उनले गरे । देउथलमा अङ्ग्रेजविरुद्ध तरबारसहित तीन सय सेना लिएर युद्ध गरेका थापाको अङ्ग्रेजको गोली लागेर मृत्यु भएको थियो । 

अङ्ग्रेज सेनाले गोर्खाली सेनाको वीरताको कदर गर्दै थापाको शवमा दोसल्ला ओढाएर सम्मानका साथ अमरसिं थापालाई बुझाएको इतिहास छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १२ : ०८ बजे

एसिसी पुरुष यु-१९ प्रिमियर कप फाइनल : टस जितेर यूएईविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं – एसिसी पुरुष यु–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा अहिले

पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात

काकरभिट्टा– पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६

ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार

म्याग्दी – म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२

स्याडो पिक्चर्सले ‘धुरन्धर’ नेपालमा वितरण गर्ने, नेपाली फिल्मलाई विश्वव्यापी ओटिटी प्लेटफर्मको ढोका खुल्यो 

काठमाडौं– नेपाली चलचित्र वितरण क्षेत्रमा द्रुत गतिमा उदाउँदै गएको ‘स्याडो

पुस्तकमा एउटा प्रशासकको बकपत्र- ‘मैले भ्रष्टाचार गरेको छैन’

काठमाडौं– नेपाल वायुसेवा निगमले ०७५ सालमा एयरबस कम्पनीका दुईवटा विमान