हाम्रो पेबाट भाटभटेनीको भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक पाउन सकिने « Khabarhub

हाम्रो पेबाट भाटभटेनीको भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक पाउन सकिने


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डिजिटल वालेट हाम्रो पेबाट भाटभटेनीको भुक्तानी गर्न सकिने भएको छ । नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोभित्र रहेको डिजिटल वालेटको मर्चेन्ट नेटवर्कमा भाटभटेनी समेत समावेश भएको हो । भाटभटेनी, हाम्रो पे र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) बीचको सहकार्यमा यो अफर ल्याइएको उल्लेख छ । एनआईएमबी हाम्रो पेको सेटलमेन्ट बैंक समेत हो । 

योसँगै हाम्रो पेले विशेष अफर समेत ल्याएको छ । हाम्रो पेबाट भाटभटेनीमा भुक्तानी गर्दा १० प्रतिशत क्याशब्याक पाउन सकिनेछ । यस्तो छुट रकम अधिकतम २०० रुपैयाँसम्म हुने कम्पनीले जनाएको छ । यस्तो क्याशब्याक प्राप्त गर्न तपाईंले भाटभटेनीको काउण्टरमा हाम्रो पे क्यूआर अनुरोध गरी हाम्रो पे वालेटबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले हाम्रो पेसँगको सहकार्यमार्फत डिजिटल भुक्तानी र अर्थतन्त्रलाई प्रवर्द्धन गर्न पाउँदा आफूहरू उत्साहित रहेको बताएका छन् । 

हाम्रो पेबाट हाल बिजुली, खानेपानी, टिभी तथा इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, सरकारी राजस्व, बीमा आदिको भुक्तानी गर्न सकिन्छ । सबै जसो मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा कनेक्ट आईपीएसबाट सहजै रकम लोड गर्न सकिने यो वालेटबाट कुनै पनि वालेट एवं बैंक खातामा रकम पठाउन समेत सकिन्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ३ : ३१ बजे

निजी क्षेत्रका समस्या र लगानी सुधारबारे १५ दिनभित्र सुझाव दिन समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निजी क्षेत्रले विद्यमान ऐन, कानुन

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क

हर्कको प्रश्न- नेपालको कानुन कमजोर कि त्यसलाई चलाउने मान्छे ?

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले ‘नेपालको कानुन कमजोर

युक्रेनको हवाई रक्षा बलियो बनाउन युरोपेली समर्थक एकजुट

किएभ- रुसी हवाई आक्रमण तीव्र बन्दै गएपछि युक्रेनलाई थप हवाई रक्षा

युएईसँग श्रमसम्बन्धी संयुक्त कार्य समूहको बैठक बस्ने

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि संयुक्त