बाहिनीस्तरीय नेपाल-भारत सीमा समन्वयात्मक बैठक सम्पन्न  « Khabarhub

बाहिनीस्तरीय नेपाल-भारत सीमा समन्वयात्मक बैठक सम्पन्न 


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल नं.विन्ध्यावासिनी बाहिनी मुख्यालय रूपन्देही र भारतीय सशस्त्र सीमा बल सेक्टर हे.क्वा. लखिमपुर खिरी तथा सेक्टर हे.क्वा. गोरखपुर बीच हिजो बाहिनीस्तरीय सीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । 

नं.विन्ध्यावासिनी बाहिनी मुख्यालय रूपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री र भारतीय सीमा सुरक्षा बल ( एसएसबी) सेक्टर हे.क्वा. लखिमपुर खिरीका डीआईजी जे डि वशिष्ठ तथा सेक्टर हे.क्वा. गोरखपुरका डीआईजी अखिलेश्वर सिंहको नेतृत्वमा बैठक सम्पन्न भएको हो ।

बैठकमा सीमा सुरक्षा, भन्सार छली अवैध रुपमा हुने सामान ओसार पसारमा नियन्त्रण, सीमा स्तम्भ मर्मत सम्भार, मानव बेचविखन तथा अपहरण, हातहतियार तथा लागूऔषध ओसारपसार नियन्त्रण, सूचना आदानप्रदान गर्ने लगायतका विषयहरूमा छलफल भएको थियो ।

कार्यक्रममा नं.विन्ध्यावासिनी बाहिनी मुख्यालय रूपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठ लगायत लुम्बिनी प्रदेश अन्तर्गत भारतसँग सीमा जोडिएका जिल्लाहरूका गणका गणपतिहरू र भारतीय सशस्त्र सीमा बलका कमाण्डेन्टहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ४ : १३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै