बाहिनीस्तरीय नेपाल-भारत सीमा समन्वयात्मक बैठक सम्पन्न  « Khabarhub

बाहिनीस्तरीय नेपाल-भारत सीमा समन्वयात्मक बैठक सम्पन्न 


२४ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रूपन्देही र भारतीय सशस्त्र सीमा बल सेक्टर हे.क्वा. लखिमपुर खिरी तथा सेक्टर हे.क्वा. गोरखपुर बीच हिजो बाहिनीस्तरीय सीमा समन्वयात्मक बैठक सम्पन्न भएको छ । 

नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रूपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभि कुमार खत्री र भारतीय सीमा सुरक्षा बल ( एसएसबी) सेक्टर हे.क्वा. लखिमपुर खिरीका डीआईजी जे डि वशिष्ठ तथा सेक्टर हे.क्वा. गोरखपुरका डीआईजी अखिलेश्वर सिंहको नेतृत्वमा बैठक सम्पन्न भएको हो ।

बैठकमा सीमा सुरक्षा, भन्सार छली अवैध रुपमा हुने सामान ओसार पसारमा नियन्त्रण, सीमा स्तम्भ मर्मत सम्भार, मानव बेचविखन तथा अपहरण, हातहतियार तथा लागूऔषध ओसारपसार नियन्त्रण, सूचना आदानप्रदान गर्ने लगायतका विषयहरूमा छलफल भएको थियो ।

कार्यक्रममा नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रूपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठ लगायत लुम्बिनी प्रदेश अन्तर्गत भारतसँग सीमा जोडिएका जिल्लाहरूका गणका गणपतिहरू र भारतीय सशस्त्र सीमा बलका कमाण्डेन्टहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ४ : १३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।